Search

लिग फुटबल प्रतियोगिताको छनौट चरणमा इंग्ल्याण्डको टोटनह्याम हट्सपर पराजित

लिग फुटबल प्रतियोगिताको छनौट चरणमा इंग्ल्याण्डको टोटनह्याम हट्सपर पराजित

बाँपीझ्याला, एजेन्सी । युरोपा कन्फरेन्स लिग फुटबल प्रतियोगिताको छनौट चरणमा इंग्ल्याण्डको टोटनह्याम हट्सपर पराजित भएको छ । गएराती पोर्चुगलमा भएको प्ले अफ्को पहिलो लेगको खेलमा टोटनह्यामलाई स्थानिय टोली पाकोस डे फरेराले १–० ले हराएको हो ।

यो खेलमा प्रशिक्षक नुनो इस्पिरितो सान्तोले टोटनह्यामको सुरुवाती एघारमा पुरै परिवतर्न गरेका थिए । अघिल्लो हप्ता प्रिमियर लिगमा म्यान्चेस्टर सिटीलाई हराउँदा खेलेका सबै ११ खेलाडीलाई यसपटक सुरुवाती ११ बाट हटाईएको थियो ।

कमजोर टोली टोटनह्यामले पोर्चुगलको प्रतिद्धन्दीविरुद्ध खेल अवधिभर एउटा पनि ‘अन–टार्गेट’ आक्रमण गर्न सकेन ।

कन्फरेन्स लिगकै अर्को खेलमा इटालीको ए।एस रोमाले टर्कीको ट्राबजोन्सपरलाई २–१ ले हरायो । यही खेलमार्फत प्रशिक्षक जोजे मौरिन्होले इटालीयन क्लब रोमामा डेब्यु गरेका छन् । गएराति भएका अन्य खेलहरुमा जर्मनीको युनियन बर्लिन, बेल्जीयमको गेन्ट र इजराईलको मकाबी तेल अभिभ पनि विजयी भएका छन् ।

युएफा कन्फरेन्स लिग फुटबल युरोपेली क्लबहरुको तेस्रो श्रेणीको प्रतियोगिता हो । शिर्ष श्रेणीको च्याम्पियन्स लिग र दोस्रो श्रेणीको युरोपा लिगपछि यसै वर्षदेखि तेस्रो श्रेणीको कन्फरेन्स लिग सुरु गरिएको हो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment