Search

अमेरिकी सैन्य विमानबाट खसेर मर्नेमा युवा फुटबलर रहेको अफगान अधिकारीहरूले पुष्टि

अमेरिकी सैन्य विमानबाट खसेर मर्नेमा युवा फुटबलर रहेको अफगान अधिकारीहरूले पुष्टि

बाँपीझ्याला, एजेन्सी । काबुलबाट भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर मर्नेमा त्यहाँको युवा फुटबलर रहेको अफगान अधिकारीहरूले पुष्टि गरेका छन् । विमानबाट खसेर मर्ने १९ वर्षीय जाकी अनवरीले अफगानिस्तानको युवा टोलीबाट फुटबल खेलेको बीबीसीले जनाएको छ ।

अफगानिस्तानको फिजिकल एजुकेसन एन्ड स्पोर्टको जेनेरल डाइरेक्टरेटले अनवरीको निधनप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । ‘उनको आत्माले शान्ति पाओस् र उनको परिवार, मित्र र समकक्षीका लागि भगवानसँग प्रार्थना गर्दछौँ,’ संस्थाले भनेको छ । अन्यले पनि सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

तालिबानले अफगानिस्तानमा कब्जामा जमाएपछि हजारौँ सङ्ख्यामा अफगान नागरिकहरू देश छाडेर भागिरहेका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!