Search

दोलखा जिल्लामा पछिल्लो चौविस घण्टामा थप ४६ जनामा कोरोना पुष्टि, ४६ जना निको

दोलखा जिल्लामा पछिल्लो चौविस घण्टामा थप ४६ जनामा कोरोना पुष्टि, ४६ जना निको

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा पछिल्लो चौविस घण्टामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर ल्याबमा ४८ जनाको स्वाब परिक्षण गरिएकामा २४ जना र जिल्लाको ९ वटै स्थानीय तहमा ३८ जनाको एन्टिजिन परिक्षण गरिएकामा २२ जना गरि कुल ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसै गरी पछिल्लो चौविस घण्टामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ६५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

यसरी कोरोना संक्रमण पुष्टि हुनेहरुमा भीमेश्वर नगरपालिकाका ११ पुरुष र १० महिला, जिरी नगरपालिकाका ४ पुरुष र ९ महिला, कालिञ्चोक गाउँपालिकाका २ पुरुष, बैतेश्वर गाउँपालिकाका २ पुरुष, विगु गाउँपालिकाका २ पुरुष र २ महिला, गौरीशंकर गाउँपालिकाका एक पुरुष र तामाकोशी गाउँपालिकाका एक पुरुष र २ महिला रहेका छन् ।

यस्तै आज ४६ जना संक्रमित निको भएका छन् । आज निको हुनेहरुमा भीमेश्वर नगरपालिकाबाट १३ पुरुष र १० महिला, जिरी नगरपालिकाबाट ४ पुरुष र एक महिला, तामाकोशी गाउँपालिकाबाट ३ पुरुष र ८ महिला, विगु गाउँपालिकाबाट ६ पुरुष र एक महिला निको भएका हुन् ।

संक्रमित मध्य चरिकोट अस्पतालमा रहेको हाइडिपेन्डेन्सी युनिटमा १२ जना छन् भने सिंगटी अस्पतालमा एक जना र तामाकोशी कोभिड अस्पतालमा २ आइसोलेशन वार्डमा उपचाररत छन् ।
कोरोना संक्रमण देखिएका ४ सय ५० जना होम आइसोलेशनमा बसि रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले आफ्नो दैनिकी स्वास्थ्य प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!