Search

दोलखा जिल्लामा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई भोली र पर्सि पहिलो मात्राको खोप दिइने

दोलखा जिल्लामा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई भोली र पर्सि पहिलो मात्राको खोप दिइने

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा कक्षा १२ मा अध्ययनरत रहि वार्षिक परिक्षाको तयारीमा रहेका विद्यार्थीहरुको लागि कोभिड १९ विरुद्धको खोप लगाउने भएका छन् । कक्षा १२ को परिक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई भोली र पर्सि पहिलो मात्राको खोप दिइने भएको छ ।
जिल्ला कोभिड १९ खोप समन्वय समितिको निर्णय अनुसार जिल्लाका उच्चमाध्यमिक विद्यालयमा कक्षा १२ को परिक्षा प्रवेश पत्र भएका विद्यार्थीहरुलाई शुक्रबार र शनिबार पहिलो मात्राको खोप एष्ट्रजेनेका दिइने स्वास्थ्य कार्यालय दोलखोले जनाएको छ ।

भोली र पर्सि सञ्चालन हुने खोप अभियान जिल्लाको दुई नगरपालिका सहित सात गाउँपालिका गरि ९ वटै स्थानीय तहमा सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो ।

यसै गरी कक्षा १२ को वार्षिक परिक्षाको तयारीमा रहेका विद्यार्थीहरुले परिक्षा प्रवेश पत्र साथमा लानुपर्ने छ भने कोभिशिल्डको दोस्रो मात्रा लगाउन छुटेकाहरुले पहिलो मात्रा लगाएको खोप कार्ड लिई भिडभाड नगरि पालैपालो खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय दोलखाले आग्रह सहित अनुरोध गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!