Search

जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनेका ८ लाख खोप शनिबार र सोमबार आउँदै

जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनेका ८ लाख खोप शनिबार र सोमबार आउँदै

बाँपीझ्याला, काठमाण्डौं । जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको १६ लाख एस्ट्राजेनेका खोपमध्ये बाँकी रहेको करिब ८ लाख डोज खोज शनिबार र सोमबार आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै बाँकी रहेको ८ लाख खोप छिट्टै नेपाल आउन लागेको बताएको हो ।

जापान सरकारले १६ लाख १४ हजार ७४० खोप सहयोग गरेको हो । त्यसमध्ये आधा खोप ९करिब ८ लाख डोज० साउन २३ र २४ गते काठमाडौंमा आइपुगेको थियो ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले खोप सहयोग दुई मुलुक बीचको मित्रताको विम्ब भएको बताएका छन् । उक्त खोप कोभ्यासको सुविधा अन्तर्गत जापान सरकरले दिएको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!