अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. ३ र ६ मा जारी निषेधाज्ञा पुन एक साताका लागि थप गरिएको छ ।
जिल्ला कोभिड १९ व्यवस्थापन समिति डिसिसिएमसिको हिजो बसेको बैठकले भीमेश्वर नगरपालिकाको वडा नम्बर ३ र ६ मा हिजो राती १२ बजेदेखि भदौ ९ गते राति १२ बजेसम्म लागु हुने गरि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
जिल्लामा केहि दिन यता विशेष गरी सदरमुकाम चरिकोटमा कोभिड १९ संक्रमणको दर तिव्र रुपमा फैलिँदा केहि संक्रमितहरुको जिल्लामा उपचार हुन नसकि जिल्ला बाहिर रिफर गरिएकामा संक्रमितहरुको आईसियु र भेन्टिलेटरमा उपचार भईरहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भीमेश्वर नगरपालिकाको वडा नम्बर ३ र ६ मा जारी निषेधाज्ञा पुनः एक साताका लागि थप गरिएको दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भयो ।
निषेधाज्ञाको समयमा भीमेश्वर नगरपालिकाका दुई वडा वडा नम्बर ३ र ६ का बजार क्षेत्रका सम्पुर्ण पसल, दोकान, व्यापार, व्यवसाय, होटल रेष्टुरेण्ट, सम्पुर्ण बैँक, वित्तिय संस्था तथा सहकारीहरु पुर्ण रुपमा बन्द हुने छ भने लामो दुरीका सवारी साधनहरु बाहेक नगरक्षेत्रमा आन्तरिक सवारी आवगामनमा रोक लगाउने निर्णय गरेको गरेको छ ।
यसै गरी सदरमुकाम चरिकोटमा सेवाग्राहीको संख्या धेरै हुने सरकारी कार्यालयहरुले गाउँपालिकागत आलोपालो मिलाई सेवा प्रवाह गरिने कार्यलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।