बाँपीझ्याला, काठमाडौं । हाँस्य कलाकार दमन रुपाखती र उत्सब केसीको लेखन तथा निर्देशनमा गाईजात्रा छताछुल्ल बजारमा आएको छ । गाईजात्रा छताछुल्लमा राजनितिक र सामाजिक विकृतिलाई हाँस्यब्यङ्ग मार्फत छताछुल्ल पारिएको छ ।
बरिष्ठ हाँस्य कलाकारहरुले समेत अभिनय गरेको गाईजात्रामा कलाकारहरु सुभास गजुरेल, दमन रुपाखेती, कमल कान्त मैनाली, लक्ष्मण बिक्रम बस्नेत, सँगम भण्डारी, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, लक्ष्मिनाथ तिमिल्सिना, सुरेश तिमल्सिना ‘नक्कली ओली’ शोभा भण्डारी, दिपक सापकोटा, मनिता डँगोल, सन्देश राउत, आयुस्मा पान्डे, र उत्सब केसीले अभिनय गरेका छन् ।
उत्तम केसी तथा दुर्गा केसी निर्माता रहेको गाईजात्रा ‘छताछुल्ल’मा सह(निर्माता सुमन फुयाँल ,ब्यवस्थापक राजु फुयाँल, क्यामरामा ज्ञान कुमार कट्टेल र सम्पादन प्रेम शर्मा पौडेलको रहेको छ भने पोष्ट प्रोडक्सनमा कोचे मिडिया प्रालि को रहेको छ ।
गाईजात्रे प्रहशन दोहोरी समाबेश गरिएको गाईजात्रे सामाग्रीमा एउटा दोहोरी गितको प्यारोडी हाँस्य कलाकार घनश्याम गौतमले लेखेका हुन् अघिल्लो बर्ष ‘वार कि पार’ नामक गाईजात्रा बजारमा ल्याएको ‘चुइचुई पारेर’ यु ट्युब च्यानलले यसपटक ‘छताछुल्ल’ गाईजात्रा बजारमा ल्याएको हो ।
पोहोर साल गाईजात्रमा ‘बेसार पानी खाउँ जनता बेसार पानी खाउँ’ भन्ने गित निकै चर्चामा आएको थियो ।