Search

कोरोना संक्रमणबाट राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको निधन

कोरोना संक्रमणबाट राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको निधन

३ भदौ, बाँपीझ्याला, काठमाडौं । राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन भएको छ । ६७ वर्षीय शेरचनको सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो ।

उनलाई दुई हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । पशुपतिस्थित आर्यघाटमा आजै ११ बजे उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

उनी मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्ड सदस्य थिए । वैदेशिक रोजगार व्यवसायी संघको संस्थापक अध्यक्षसमेत रहेका शेरचन मिडिया सोसाइटीको पूर्वअध्यक्ष पनि हुन् ।

उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment