Search

शेयर बजार सूचक नेप्से ले नयाँ कीर्तिमान कायम

शेयर बजार सूचक नेप्से ले नयाँ कीर्तिमान कायम

बाँपीझ्याला, काठमाण्डौं । शेयर बजार सूचक नेप्से ले बुधबार नयाँ कीर्तिमान कायम गरेको छ । साताको चौथो दिन नेप्से ३८.२८ अंकले वृद्धि भई ३१९८ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च अंक हो ।
यसअघि गत साताको अन्तिम दिन बिहीबार नेप्सेले ३१७८ विन्दुको कीर्तिमान बनाएको थियो । चार दिनपछि त्यसलाई उछिन्दै बजारले नयाँ रेकर्ड बनाएको हो ।

शेययर बजारको वृद्धिसँगै कारोबार रकम पनि रेकर्ड नजिक पुगेको छ । बुधबार बजारमा २२८ कम्पनीका ३ करोड ६५ लाख कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि गत आइतबार २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा कडाइ गर्ने संकेत गरेसँगै बजार घट्ने अनुमानविपरीत बजार लगातार उकालो लागिरहेको छ ।

बुधबार ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको छ, जसमा अधिकांश जलविद्युत् कम्पनी छन् । अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, शिवम् सिमेन्ट, जीवन विकास लघुवित्त, आँखुखोला जलविद्युत् कम्पनी र महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको हो ।

सबैभन्दा बढी गुमाउने आरएसडिसी लघुवित्त र खानीखोला हाइड्रोपावरका कम्पनीका लगानीकर्ताहरु रहेका छन् भने नेशनल हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ कम्पनीको घटेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!