Search

प्रेमका लागि सरकारसँग लड्ने जोडी मुस्लिम युवती र हिन्दु युवाको अधुरो प्रेम कथा …..

प्रेमका लागि सरकारसँग लड्ने जोडी मुस्लिम युवती र हिन्दु युवाको अधुरो प्रेम कथा …..

यो कथा हो, पवित्र प्रेमको । यो कथा हो, प्रेमका खातिर देश र धर्म बदल्नेको । यो कथा हो, प्रेमका लागि सरकारसँग लड्ने जोडीको ।

सन् १९४७ । रावलपिंडीका पठान खानादनका इस्मत त्यसबेला १५ बर्षकी थिइन् । र, अमृतसरका लालाजीको परिवारका जीतू १७ बर्षका ।

दुबै परिवारले पछिल्लो बर्ष श्रीनगरमा छुटी मनाउने क्रममा उनीहरुको केही पटक भेट भएको थियो । यही भेटपछि इस्मत र जीतूको मित्रता भएको थियो । पछि उनीहरुको मित्रता प्रेममा बद्लिएको थियो ।

तर, भारत–पाकिस्तानको विभाजनपछि उनीहरुको प्रेममा पनि आँधी ल्याइदियो । इस्मतलाई लागेको थियो, अब जीतूलाई पाउनु असंभव छ ।

प्रेममा चुर्लुम्ब डुबेकी इस्मत घरबाट भागेर हिन्दुको शरणार्थी शिविरमा पुगिन् । उनले भनिन्, ‘म एक हिन्दु युवती हुँ । म मेरा आमाबुवाबाट अलग भएको छु । के तपाईंहरु कृपा गरेर मलाई भारत पठाउनुहुन्छ रु’

विभाजनपछि महिना दिनमा दुबै देशका हजारौं महिलाको अपहरण भएको थियो । धेरैलाई आफ्नो इच्छा विपरित नै धर्म परिवर्तन गर्न र विवाह गर्न बाध्य बनाइयो । यही कारण भारत र पाकिस्तानका सरकारले अपहरण गरिएका महिलालाई खोज्न र उनीहरुलाई परिवारमा पठाउने अभियान सुरु गरे ।

समाजवेवी कमला पटेल भारत र पाकिस्तानका शरणार्थी शिविरमा यस्तै महिलाहरुलाई अदल–बदल गर्ने नाइके थिइन् ।

इस्मत उनीकहाँ गइन् । विभाजन लगत्तै पञ्जाबका हिन्दु र मुश्लिमहरुको लुगा अनि बोली उस्तै थियो । उनले इस्मतको कुरा पत्याइन् र उनलाई बाँकी शरणार्थीको साथमा रावलपिंडीबाट अमृतसर पठाइदिए ।

अमृतससरमा इस्मतले जीतुको घर पत्ता लगाएर खबर पठाइन् । जीतू शिविरमा पुगे । जीतूको आमाबुवाको सहमतिमा एक नाबालिग भएपनि उनीहरुको विवाह गराइदिए, अमृतसरको स्वर्ण मन्दिरमा ।

तर, सीमाना पार गरेको यो प्रेम–कथामा एक कठिन मोड आयो ।

इस्मतको परिवारले भने कि उनीहरुको छोरी अपहरण भयो । पाकिस्तान सरकारसँग उसलाई खोजेर फिर्ता ल्याइदिन अपिल गरियो । अपहरित महिलालाई आ–आफ्नो मुलुकमा फिर्ता लाने जुन अभियान चलाइएको थियो, त्यही अभियान इस्मत र जीतूको प्रेममा तगारो बनिदियो ।

इस्मतलाई उनीहरुले फेला पारे । अब उनलाई पाकिस्तान जानैपर्ने थियो ।

अत्तालिएका जीतू कमला पटेलकहाँ पुगे र भने, ‘यो अपहरणको घटना होइन । इस्मत मसँग प्रेम गर्छिन् र उनी आफ्नो मर्जीले मकहाँ आएकी हुन् । तपाईंले मेरो सहयोग गर्नुपर्छ ।’

एक नाबलिग किशोरीको आमाबुवा आफ्नी छोरी अपहरित भएको छैन भन्न तयार थिएनन् । कमला पटेल इस्मत वा उनी जस्तै युवतीलाई जबरजस्ती फिर्ता पठाउन राजी थिइनन् । जबकि यसले दुबै देशवीचले सञ्चालन गरिरहेको ‘अपहरितलाई फिर्ता गर्ने’ अभियान प्रभावित हुन सक्थ्यो ।

अन्ततः यी प्रेम जोडीको मुद्दा संविधान सभासम्म पुग्यो । महिलाहरुले यसको विरोध गरे । प्रहरीबाट बच्न इस्मत र जीतु अमृतसरबाट भागेर कोलकाता पुगे ।

कमला पटेलको समूहमाथि दबाव बढ्दै गयो ।

पुस्तक ‘टार्न फ्रोम द रुट्सः अ पार्टिशन मेमायर’ मा कमला पटेलले यस प्रसंगमा बोलेकी छिन् । पुस्तक लेखक रितु मेनन भन्छिन्, ‘कमला पटेलले अपहरण गरिएका महिलाहरुलाई शरणार्थी शिविरमा ल्याए र पछि भाग्न मद्दत गरे ताकि उनीहरु अपहरण गरिएको परिवारमा फर्कन सकुन् ।’

त्यो कस्तो क्षण थियो भने, महिलाहरु के चाहन्छन् रु उनीहरुको भावना बुझ्न जरुरी थियो । सम्बन्धहरु अहसज परिस्थितीबाट गुज्रिरहेको थियो । कहिले काहीँ उनीहरुलाई तोड्नु भन्दा जोड्नु उपयुक्त हुन्थ्यो । इस्मत र जीतुको घटना पनि यस्तै थियो ।

तर, सरकारी नियमले यो मर्म बुझ्न सक्दैनथ्यो ।

अन्त्यमा इस्मत र जितूको सन्दर्भमा यस्तो अफवाह चलायो कि, पाकिस्तान सरकारले यो मुद्दा बन्द ग¥यो । अन्ततः यसलाई सत्य मानेर इस्मत र जीतू अमृतसर फिर्ता आए । अनि कमला पटेलले इस्मतलाई एक हप्ताका लागि लाहौर जानका लागि फकाए । त्यहाँका प्रहरी अधिकारीसँग बसेर आफ्ना आमाबुवासँग भेट्नु र अन्तिम निर्णय सुन्नु ।

कमला पटेलका लागि आफ्नो मन विरुद्ध यी सबै गर्नु सजिलो थिएन ।

उनीमाथि एकदमै ठूलो दबाब थियो । मान्छेको जिन्दगीको फैसला गर्ने दबाव । पाँच बर्षसम्म यस अपरेशनका लागि शरणार्थी शिविरमा रहँदा उनले राम्ररी खानपान गर्न समेत पाएनन् ।

यस क्रममा ३० हजार महिलालाई खोजेर उनीहरुको परिवारकहाँ जिम्मा लगाइयो । यसमा इस्मत र जीतु जस्ता सैयौं घटना थियो, जसको कुनै आधिकारिक तथ्यांक थिएन । कमला पटेल जस्ता समाजसेवीको किताबमा यसको लेखाजोखा गरिएको छ । उनको पुस्तक अनुसार जीतूलेर इस्मतलाई लाहौरमा छाडेर अमृतसर आए । र, दिन गन्न थाले ।

तर, चौथो दिनमा कमलालाई थाहा भयो कि इस्मतका बुवा आमाले उनलाई आफ्नो घर लिएर गए । कमला तुरुन्तै त्यहाँ पुगे, उनीहरुलाई भेटन् । तर, उनले एक अप्रत्यासित कुरा सामना गर्नुप¥यो । त्यहाँ इस्मतको पहिरन र हाउभाउ समेत बद्लिएको थियो । इस्मतले औला उठाएर भनिन्, ‘यही महिलाले मलाई पाकिस्तान आउन दिएनन् । मैले पटक पटक आग्रह गर्दा पनि आउन दिएनन् ।’

जीतूको नाम सुन्नसाथ उनी थप भड्किइन् । र, यसो भनिन्, ‘त्यो लफङ्गाको नाम सुन्न चाहन्न । त्यसलाई टुक्रा टुक्रा गरेर कुकुरलाई त्यसको मासु ख्वाउँछु ।’

जीतूसम्म यो खबर पु¥याइयो । तब उनी हतार हतार लाहौर आए । उनले भने, ‘इस्मतलाई बुवाआमाले त्यसो भन्ने दबाव दिएका होलान् तर म भएको भए त्यसो भन्ने थिइन ।’

तब त्यहाँबाट इस्मतको परिवार वेपत्ता भइसकेका थिए ।

लाहौरमा ज्यानलाई बाजी राखेर जीतूले इस्मतलाई खोज्ने प्रयास गरे । कमला पटेलले उनलाई सम्झाउने धेरै प्रयास गरे । विभाजनपछिको हिंसा थामिएको थिएन । जीतूले भने, ‘म बर्बाद भइसकें । अब मर्नु पनि डर छैन ।’ यस क्रममा उनले धेरै खर्च गरे । उनलाई क्षयरोग पनि भयो ।

पाँच बर्षपछि जब कमला पटेलले उनलाई देखे, तब उनी एकदमै कमजोर भइसकेका थिए । अनुहार पहेंलो भइसकेको थियो । ऊ एक्लो थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!