Search

पचली क्षेत्रमा भवन बनाउने योजना सार्दा ढिला भयो : प्रमुख शाक्य

पचली क्षेत्रमा भवन बनाउने योजना सार्दा ढिला भयो : प्रमुख शाक्य

बाँपीझ्याला, काठमाण्डौं । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । टेकु चल्खुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उहाँले आज सांस्कृतिक पूजा गर्दै भवनको शिलान्यास गर्नुभएको हो । ‘हामीले वडा भवन पचली क्षेत्रमा बनाउने योजना तयार गरेका थियौँ । सुन्दर बगैँचा र खुल्ला स्थानसहितको वडा भवन बनाउने प्रस्तावित ठाउँमा केही विवाद देखियो । विवाद समाधानको समय कुर्दा समय लाग्यो । नत्र अहिलेसम्ममा वडा भवन निर्माण भएर प्रयोगमा आइसक्ने थियो ।’

शिलान्यासपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले भन्नुभयो, ‘हामी विवादमा पर्न चाहेनौँ । त्यसैले पुरानै वडा भएको ठाउँमा नयाँ भवन बनाउने निर्णयमा पुग्यौँ ।’ मेरो नेतृत्वमा महानगरमा जनप्रतिनिधि आइसकेपछिको पहिलो कार्यपालिका बैठकमा हामीले महानगरको व्यवस्थित सेवाका लागि केन्द्रीय र वडा भवन निर्माण गर्ने सर्वसम्मत निर्णय गरेका थियौँ । त्यही निर्णय कार्यान्वयनका क्रममा आज वडा १२ को कार्यालय भवन शिलान्यास गरिएको हो । प्रमुख शाक्यको भनाइ थियो ।

सेवा प्रवाहका लागि यो महत्वपूर्ण काम भएको छ । भवन निर्माणका विषयमा कुरा गर्दै वडाध्यक्ष विकास डंगोलले भन्नुभयो, ‘भ्याटसहित वडाको लागत ४ करोड २५ लाख ३२ हजार ४४८ लागत अनुमान गरिएको थियो । निर्माण कार्य खरिद प्रक्रियामा भ्याटसहित ३ करोड २० लाख ५१ ह्जार ६७० रुपैयाँ कवोल गर्ने निर्माण पक्षले यसको जिम्मेवारी पाएको छ ।’

भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार भवन जमिनतलासहित ६ तले हुनेछ । ०—४—१—२ मा निर्माण हुने भवनको भूमिगत तलामा पार्किङ् हुनेछ । अपाङ्गमैत्री भवनमा ६ जना अट्ने लिफ्ट पनि जडान हुनेछ । पाँचौँ तलामा ६० जना अट्ने सभा कक्ष

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!