Search

दोलखा जिल्लामा ४ जना कोरोना संक्रमण, ३९ जना निको

दोलखा जिल्लामा ४ जना कोरोना संक्रमण, ३९ जना निको

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा आज ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको दुई नगरपालिका सहित ७ गाउँपालिका र ९ वटै स्थानीय तहमा ९ जनाको एन्टिजिन परिक्षण गरिएकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

जसमा जिरी नगरपालिकाका १ पुरुष र २ महिला र कालिञ्चोक गाउँपलिकाका एक पुरुष रहेका छन् ।

यसै गरी आज ३९ जना संक्रमणबाट मुक्त भएका छन् । यसरी मुक्त हुनेहरुमा भीमेश्वर नगरपालिकाबाट १० पुरुष र २२ महिला, जिरी नगरपालिकाबाट १ पुरुष, कालिञ्चोक गाउँपालिकाबाट २ पुरुष र एक महिला र विगु गाउँपालिकाबाट ३ पुरुष निको भएका हुन् ।

संक्रमित मध्य चरिकोट अस्पतालमा रहेको एचडियुमा १० जना छन् भने सिंगटी अस्पतालमा एक जना र तामाकोशी कोभिड अस्पतालमा २ जना आइसोलेशन वार्डमा उपचाररत छन् । कोरोना संक्रमण देखिएकामा ४ सय ५२ जना होम आइसोलेशनमा बसि स्वास्थ्य लाभ लिईरहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले आफ्नो दैनिकी स्वास्थ्य प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment