Search

अफगानिस्तानमा तत्काल शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न नेपाल सरकारले आग्रह

अफगानिस्तानमा तत्काल शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न नेपाल सरकारले आग्रह

बाँपीझ्याला, काठमाण्डौं । सरकारले अफगानिस्तानमा विकास भएको घटनालाई नजिकबाट नियाली रहेको जनाएको छ । अफगानिस्तानमा तत्काल शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न पनि नेपाल सरकारले आग्रह गरेको छ । सार्क अध्यक्ष समेत रहेको नेपालले सार्कको कान्छो सदस्य मुलुकमा भएको यो घटनालाई गम्भीर रूपमा लिँदै त्यस घटनालाई नजिकबाट नियालि रहेको जनाएको छ ।

घटना भएको झण्डै एकसाता पछि अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे नेपाल सरकारको आफ्नो धारणा बाहिर ल्याएको हो । ‘सरोकारवाला सबैलाई सर्वसाधारणको शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गर्दछौं’ सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारले अफगानिस्तानमा मानव जीवन र सम्पत्तिको रक्षा, शान्ति र स्थिरता कायम गर्न पनि अपिल गरेको छ । नेपालले अफगानिस्तान छाड्न चाहनेहरुलाई सुरक्षित रुपमा सडकमार्ग, हवाईमार्ग र सीमापार गर्न दिन पनि आग्रह गरेको छ । नेपाली नागरिकहरु पनि धमाधम सम्पर्कमा आइरहेपछि सरकाले यस्ता धारणा प्रस्तुत गरेको हो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment