Search

उपत्यकामा बढ्यो कोरोना जोखिम

उपत्यकामा बढ्यो कोरोना जोखिम

बाँपीझ्याला, काठमाण्डौं । काठमाडौँ उपत्यका कोरोना सङ्क्रमितको उच्च जोखिममा रहेको छ । पाँच÷छ सयको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा मङ्गलबार उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मङ्गलबार ६७३ जना सङ्क्रमित थपिएका छन् ।

यस्तै भक्तपुरमा १४१ सङ्क्रमित थपिँदा ललितपुमा २१९ जना सङ्क्रमित एकैदिन थपिएका हुन् । मङ्गलबार काठमाडौँ उपत्यकामा मात्र एक हजार ३३ जना कोरोना सङ्क्रमित थपिएका हुन् । ११ हजार ५६५ जनाको पीसीआर तथा छ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरी कुल १७ हजार ६८९ जनाको कोरोनाको नमुना परीक्षण भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment