Search

नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने गरी सर्वोच्च अदालतमा “न्यायिक संग्रहालय”

नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने गरी सर्वोच्च अदालतमा “न्यायिक संग्रहालय”

बाँपीझ्याला, काठमाडौँ । नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने गरी निर्माण गरिएको संग्रहालयको मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले उद्घाटन गरे । नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी गराउन सकिने उद्देश्यले सर्वोच्च अदालतमा न्यायिक संग्रहालयको निर्माण गरिएको छ ।

उद्घाटनको सिलसिलामा प्रधानन्यायाधिस चोलेन्द्र शम्सेर राणाले संग्रहालयमार्फत न्याय र कानूनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्यायप्रणालीको विकास, अवस्था र परिवर्तनका विषय अध्ययन गर्ने सहयोग मिल्ने बताए ।

यसै गरी प्रधानन्यायाधीश राणाले न्यायपालिकाका ऐतिहासिक वस्तु संकलन गरेर संग्रहालयलाई अझै बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । न्यायिक संग्रहालय स्थापनामा संयोजकको रुपमा काम गरेकी न्यायाधीश सपना प्रधान मल्लले राज्यका निकायले ऐतिहासिक पुरातात्विक विषय संग्रहित गरेर राख्नुपर्ने बताइन् । उक्त संग्रहालय नेपालको न्याय र कानून क्षेत्रको विकासको सजिव इतिहास बन्ने विश्वास व्यक्त गरे ।

न्याय सम्पादनका क्रममा विभिन्न समयमा भएका महत्वपूर्ण फैसला, न्यायायाधीश तथा न्यायपालिकाले प्रयोग गरेका पुराना सामग्री, न्याय र कानूनी क्षेत्रका पुरातात्विक सामग्री सङ्ग्रहालयमा सङ्ग्रहित गरिएको छ । संग्रहालयमा करिब ३५० सामग्री तयार पारिएको छ । प्रदर्शनी कक्षको अभावमा तत्काल १५ प्रकृतिका फरक सामग्री राखिएको छ । यसै गरी उक्त कार्यक्रममा

संग्रहालय निमार्ण गर्ने क्रममा सहयोग गर्ने पदाधिकारी तथा कर्मचारीलाई सम्मानसमेत गरिएको थियो

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!