Search

सोल्टी होटलको मंगलबार वित्तिय विवरण सार्वजनिक, १८ करोड भन्दा माथी घाटा

सोल्टी होटलको मंगलबार वित्तिय  विवरण सार्वजनिक, १८ करोड भन्दा माथी घाटा

भदौ १, बाँपीझ्याला, काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासीक सम्मको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । गत वर्ष वैशाख जेठ तथा आसार तीन महीना कोरोनाका कारण बन्दाबन्दीको अवस्थामा होटलका व्यवसायिक गतिविधि तथा क्रियाकलाप हुन नसकेकाले सोको प्रत्यक्ष प्रभाव आम्दानीमा परेको होटलको भनाइ छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनी रू. १८ करोड ६० लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म रू. ११ करोड २० लाख भन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष भने खुद नोक्सानीमा रहेको हो ।

अघिल्लो वर्षभन्दा गत वर्ष होटलको आम्दानी ६५ दशमलव ८७ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष रू. १ अर्ब २६ करोड ४० लाखभन्दा बढी आम्दानी गरेको होटलले गत वर्ष रू. ४३ करोड ११ लाखभन्दा बढी मात्र आम्दानी गरेको हो ।

हाल होटलको चुक्तापूँजी रू. ८४ करोड २५ लाख ७९ हजार रहेको छ भने जगेडा कोष रकम रू. ६२ करोड ११ लाखभन्दा बढी छ । अघिल्लो वर्ष यस अवधिसम्म होटलको जगेडा कोष रकम रू. ८१ करोड ४६ लाखभन्दा बढी थियो ।

अघिल्लो वर्षभन्दा गत वर्ष होटलको जगेडा कोष रकम २३ दशमलव ७५ प्रतिशत कम भएको हो । होटलको चालू सम्पत्ति रू. २५ करोडभन्दा बढी र चालू दायित्व रू. ३७ करोड ८३ लाखभन्दा बढी रहेको छ ।

प्रतिशेयर आम्दानी रू. २ दशमलव २१ ऋणात्मक रहेको होटलको प्रतिशेयर नेटवर्थ रू. १७ दशमलव ३७ रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!