Search

चालू अधिवेशन अन्त्य

चालू अधिवेशन अन्त्य

बाँपीझ्याला, काठमाण्डौं । संसद्को चालू अधिवेशन आज सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा सोमबार मध्यरात देखि लागू हुने गरी राष्ट्रपतिले चालू अधिवेशन अन्त्य गरेकी हुन्। सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गरेको घोषणा प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका छन्। यस्तै राष्ट्रिय सभाको अधिवेशन पनि अन्त्य गरिएको छ।

गत जेठ ८ बिहान तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको थियो। त्यसपछि असार २८ गते सर्वोच्च अदालतको परमादेशपछि साउन ३ गते प्रतिनिधिसभाको बैठक बसेको थियो। त्यसयता २९ दिन

२० घन्टा १५ मिनेट मात्रै प्रतिनिधिसभाको आठौं अधिवेशन बसेर आजदेखि अन्त्य भएको हो। २९ दिन अधिवेशन चले पनि सरकारले संसद्लाई बिजनेस दिन सकेन।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!