Search

आज दोलखामा ३६ जना कोरोनाबाट मुक्त, थप ३२ जनामा संक्रमण

आज दोलखामा ३६ जना कोरोनाबाट मुक्त, थप ३२ जनामा संक्रमण

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा पछिल्लो चौबिस घण्टामा ३६ जना संक्रमित निको भएका छन् । जसमा भीमेश्वर नगरपालिकाबाट ७ पुरुष र १४ महिला, जिरी नगरपालिकाबाट एक पुरुष, तामाकोशी गाउँपालिकाबाट २ पुरुष ६ महिला विगु गाउँपालिकाबाट २ पुरुष र एक महिला र शैलुङ गाउँपालिकाबाट एक पुरुष र २ महिला निको भएका हुन् ।

यसै गरी आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको ९ वटै स्थानीय तहमा १ सय ७२ जनाको एन्टिजिन परिक्षण गरिएकामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ७७ जना पुगेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

आज कोरोना पुष्टि हुनेहरुमा भीमेश्वर नगरपालिकाका एक पुरुष, विगु गाउँपालिकाका १३ पुरुष, तामाकोशी गाउँपालिकाका ४ पुरुष, मेलुङ गाउँपालिकाका एक पुरुष र ४ महिला र बैतेश्वर गाउँपालिकाका ४ पुरुष र ५ महिला रहेका छन् ।

संक्रमित मध्य चरिकोट अस्पतालमा रहेको एचडियुमा १० जना छन् भने जिरी अस्पतालमा २ जना र तामाकोशी अस्पतालमा २ जना आइसोलेशन वार्डमा उपचाररत छन् ।
कोरोना संक्रमण पुष्टि भएका ४ सय ६१ जना होम आइसोशनमा बसि स्वास्थ लाभ लिइरहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!