Search

२ हजार ५ शय ६६ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित ३५ जनाको मृत्यु

२ हजार ५ शय ६६ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित ३५ जनाको मृत्यु

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा २ हजार ५६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ९३ वटा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, ५ हजार ५१८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ शय ८५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ४ शय ५८ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । योसँगै १० हजार ३ शय २७ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.२३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख ५८ हजार ३३५ जनाले खोप लगाएका छन् । नेपालमा अहिले ३९ हजार ३ शय ७१ जना सक्रिय सङ्क्रमित छन् । जसमा ७ शय ९५ जना सघन कक्षमा र १ शय ९७ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!