Search

मानुषी लघुवित्तको आईपीओमा ८३.१० गुणा बढी आवेदन

मानुषी लघुवित्तको आईपीओमा ८३.१० गुणा बढी आवेदन

साउन ३१, बाँपीझ्याला, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा ८३ दशमलव १० गुणा बढी आवेदन परेको छ । सीडीएससीका अनुसार निष्कासनको अन्तिम दिन आइतवार साँझसम्म उक्त कम्पनीको आईपीओमा २४ लाख ३ हजार ५५ आवेदकबाट ३ करोड ६ लाख ३२ हजार ४३० कित्ता शेयर माग भएको छ। जुन मागभन्दा ८३ दशमलव १० गुणा बढी हो।

कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । मागभन्दा बढी आवेदन परेकाले आईपीओको विक्री छिटो अवधिमै बन्द भएको हो ।

सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ विक्री गरेको कम्पनीले कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू। ७ करोड रहेको छ । आईपीओ निष्कासन पश्चात यो पूँजी रू। १० करोड ९३ लाख ७५ हजार पुग्नेछ । आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

आर्थिक वर्ष २०७६र ७७ सम्ममा कम्पनीको वास्तविक नेटवर्थ रू। १३२ दशमलव ३७ रहेको छ । यस आधारमा कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू। १३२ दशमलव ३७ देखि रू। ३९८ दशमलव शून्य ७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!