अजय प्रधान,
बाँपीझ्याला, दोलखा । योङ कम्युनिष्ट लिग नेपाल जिल्ला कमिटि दोलखाले जनप्रतिनिधिहरुले जनताको कामकार्रवाहिलाई वेवास्ता गरेकोप्रति गम्भीर ध्यानअकर्षण भएको जनाएको छ । योङ कम्युनिष्ट लिग वाइसेल नेपाल जिल्ला कमिटि दोलखाले आज एक प्रेस विज्ञप्ति जारी गर्दैै जनप्रतिनिधिहरुले जनताको कामकार्रवाहिलाई वेवास्ता गरेकोप्रति गम्भीर ध्यानअकर्षण गराएको हो ।
विज्ञप्तीमा भनिएको छ केहि दिनदेखि दोलखा जिल्लामा रहेका अधिकंश स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरुबाट पालिकामा हुने जनताको दैनिक कामकारबाहिलाई पुर्ण रुपमा वेवास्ता गर्दै सरकारी नम्बर प्लेटको सवारी साधन लिएर सरकारी स्रोत साधनको चरम दुरुपयोग गरि आफ्नो पार्टीको आन्तरिक राजनितिक एवं सांगठनिक अभियानमा जिल्ला भित्र तथा जिल्ला बाहिर हिँडिरहेको अवस्थाप्रति योङ कम्युनिष्ट लिग नेपाल दोलखको गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त अनाधिकृत कार्य तुरुन्त नरोकिए जस्तोसुकै संर्घर्षको कार्यक्रम गर्न पछि नपर्ने योङ कम्युनिष्ट लिग नेपाल वाइसेल जिल्ला कमिटि दोलखाका संयोजक नवराज अर्यालद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।