Search

दोलखा अस्पतालको सहयोगमा भीमेश्वर नगरपालीका वडा नं. २ का ४२ जना गर्भवती महिलाहरुलाई पोषण सामाग्री वितरण

दोलखा अस्पतालको सहयोगमा भीमेश्वर नगरपालीका वडा नं. २ का ४२ जना गर्भवती महिलाहरुलाई पोषण सामाग्री वितरण

अजय प्रधान,
बाँपीझ्याला, दोलखा
। भीमेश्वर नगरपालीका वडा नं.–२ र दोलखा स्वास्थ्य चौकिको माग अनुसार धुलिखेल अस्पताल मार्फत संचालनमा आईरहेको दोलखा अस्पताल अन्तर्गत सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रमबाट भीमेश्वर नगरपालिका वडा नं २ भित्रका ४२ जना गर्भवति आमाहरूलाई पोषण पोषण सामाग्री वितरण गरिएको थियो ।

भीमेश्वर नगरपालीकाका वडा नं. –२ का वडाध्यक्ष विराजमान श्रेष्ठको सभापतीत्व, नगर प्रमुख भरत बहादुर केसीको प्रमुख आतिथ्यमा दोलखा स्वास्थ्य चौकीका प्रमुख राम कृष्ण मास्केले कार्यक्रम संचालन गर्नु भएको थियो ।

यसै गरी अतिथीहरुमा ग्रामीण विकास टुकी संग चरिकोट दोलखाका कार्यकारी निर्देशक पुर्षार्थ श्रेष्ठ, पालीका सदस्य लालकुमार थामी, दोलखा अस्पतालका डा. स्वेता महतो, डा. सुदिप अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

उपस्थित र्गभवती महिलाहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवं नगर प्रमुख भरत बहादुर केसी र कार्यक्रमका सभापती एवं वडाध्यक्ष विराजमान श्रेष्ठको हातबाट संयुक्त रुपमा पोषण सामाग्री वितरण गरिएको थियो भनी दोलखा स्वास्थ्य चौकीका प्रमुख राम कृष्ण मास्केले बताउनु भयो ।

पोषण सामाग्री अन्तर्गत एक गर्भवती महिलालाई २५ केजि चामल, २ केजि केराउ, २ केजि चना, २ केजि नुन, २ लिटर तेल, माक्स र हात धुने र कपडा धुने सावुन वितरण गरिएको थियो भनी स्वास्थ्य प्रमुख मास्केले जानकारी दिनु भयो ।

उक्त अवसरमा प्रमुख अतिथी एवं नगर प्रमुख भतर बहाुदर केसीले गर्भवती आमाले आफु र आफ्नो गर्भमा रहेको बच्चाको स्वास्थ्य स्थितीको बारेमा बिचार गर्नु पर्ने र कोभिड १९ को संक्रमणबाट बच्नको लागि सुरक्षा सावधानी रहनु पर्ने र सामाजिक धुरी कायम गरी बेला बेलामा सावुन पानीले हात धुनु पर्ने लगायतका विधीहरु बताउनु भयो ।

यसै गरी दोलखा अस्पतालका डा. श्री स्वेता महतो र डा. सुदिप अधिकारिले गर्भवति आमालाई पर्न सक्ने समस्याको बारेमा कसरी समाधन गर्न सकिन्छ भन्ने बारे स्वास्थ्य सम्वन्धी चेतना मुलक सन्देश अभिव्यक्त गर्नु भएको थियो ।

कोरोना महामारीको कारणले निधेषाज्ञा भईरहेको कारणले गर्भवती महिलाहरुलाई पोषण पर्दाथको कमि भईरहेको अवस्थामा यसरी पोषण सामाग्री वितरण गर्दा निजहरुको पोषण स्थितीमा सुधार हुने उद्देश्य राखेर दोलखा अस्पतालको सहयोगमा सामाग्री वितरण गरिएको र पछील्ला दिनहरुमा १ बर्ष भन्दा मुनीका बच्चाका आमाहरुलाई पोषण सामाग्री वितरण गर्ने कार्यक्रम रहेको समेत दोलखा स्वास्थ्य चौकीका प्रमुख राम कृष्ण मास्केले बताउनु भयो ।

यसै गरी कार्यक्रमका सभापती एवं भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले यस पोषण सामाग्री विरतण गर्न सहयोग गर्ने दोलखा अस्पताल र उक्त पोषण सामाग्री वितरण गर्न सामाग्री उपलब्ध गराई दिन सहयोग गर्ने अस्पतालका डा. श्री रोशन महतो लगायतका व्यक्तित्वहरुलाई आभार व्यक्त गर्दै यस कार्यक्रम सम्पन्न सम्पूर्ण सहयोग गर्नु हुने महानुभाव, स्वास्थ्य चौकी प्रमुख, महिला स्वयमसेवीका लगायते सवैलाई आभार व्यक्त गर्नु हुर्दै धन्यवाद दिनुका साथै कार्यक्रम समापन गर्नु भएको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment