Search

पछिल्लो २४ घण्टामा १ हजार ९४७ संक्रमित थपिए, २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ९४७ संक्रमित थपिए, २० जनाको मृत्यु

बाँपीझ्याला, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६६७ जनाको पीसीआर परीक्षणमा १ हजार ९४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षणमा ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २ हजार ६२४ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर २० जनाको मृत्यु भएको छ भने निको हुनेको संख्या १ हजार ३२० रहेको छ । सक्रिय संक्रमितको संख्या भने ३९ हजार ४०५ रहेको छ ।संक्रमित हुनेमा २१ वर्षदेखि ३० वर्ष उमेर समूहका रहेका छन् । २४ घण्टामा २१ –३० वर्ष उमेरसमूहका ४७७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी हाल ३१–४० वर्ष उमेरसमूहका ४५१ जनामा संक्रमण देखिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!