Search

पुस ११ देखि १३ गतेसम्‍म महाधिवेशन गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले प्रस्ताव

पुस ११ देखि १३ गतेसम्‍म महाधिवेशन गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले प्रस्ताव

बाँपीझ्याला, काठमाण्डौं । माओवादी केन्द्रले आगामी पुसभित्रै महाधिवेशन गर्ने तयारी गरेको छ । काठमाडौँमा जारी केन्द्रीय कमिटी बैठकमा आगामी पुस ११ देखि १३ गतेसम्‍म महाधिवेशन गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले प्रस्ताव गरेका हुन् । अध्यक्ष दाहालले महाधिवेशनको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

उनले त्यहाँ महाधिवेशन भन्दा पनि राष्ट्रिय सम्मेलन भनेका छन् । भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउँदै असोज १० गते सेल र टोल भेला गर्ने जस्ता कार्य उनको प्रतिवेदनमा उल्लेख छ ।

माओवादीले असोज २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्दै राष्ट्रिय सम्मेलनको सबै तयारी पुरा गर्दै मंसिरमा १५ गते प्रदेश सम्मेलन गर्ने भनिएको छ ।

छलफलमा उनले राजनीतिक र सांगठनिक प्रस्ताव पेस गरेका थिए । त्यही प्रस्तावमा उनले महाधिवेशन (राष्ट्रिय सम्मेलन) को तिथी पनि राखेका हुन् । दाहालले राखेको प्रस्तावमा छलफल सुरु भएको छ । समूह–समूहमा सुरु भएको छलफलले लगातार प्रतिवेदनमाथि प्रश्न गर्ने र निचोड निकाल्ने भनिएको छ । फरक–फरक आठ समूह बनेर छलफल अघि बढेको जानकारी दिइएको छ ।

शनिबार सुरु भएको पहिलो बैठक दाहालको प्रतिवेदनमा विभिन्‍न समूह बनाएर छलफल गर्दै टुंगिएको हो । आइतबार बिहान पुन बैठक बस्‍ने छ भने समूहगत छलफल पनि हुनेछ । त्यही बैठकपछि मात्र महाधिवेशनलगायत अन्य विषयमा निचोडमा पुगिने माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!