Search

राष्ट्रपती भण्डारीको नारायणहिटी संग्रहालयमा अनौपचारिक भ्रमण

राष्ट्रपती भण्डारीको नारायणहिटी संग्रहालयमा अनौपचारिक भ्रमण

३० साउन, बाँपीझ्याला, काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञाका कारण करिब साढे तीन महीनादेखि बन्द रहेको नारायणहिटी दरबार यतिबेला सुनसान छ । बन्द अवस्थामा संग्रहालयका कर्मचारीहरु आन्तरिक साजसज्जा र बन्द कोठा खोल्ने तयारीमा व्यस्त छन् । अहिले दरबारभित्रको रंगरोगन सकिएको छ ।

बाहिरको फोहोरा बगैँचाको साजसज्जाको काम चलिरहेको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

यही काम चलिरहेकै बेलामा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार संग्रहालयको अवलोकन भ्रमण गर्ने कार्यतालिका रहेको जानकारी संग्रहालयका अधिकारीहरुलाई आयो ।

राष्ट्रपतिको यो भ्रमण औपचारिक थिएन । त्यसैले धेरै बन्दोबस्त गरिरहन आवश्यक थिएन । अनौपचारिक रुपमा नारायणहिटी दरबारको अहिलेको अवस्थाको अवलोकन गर्न राष्ट्रपति आएकी थिइन् । शुक्रबारको भ्रमणमा अरु बेलामा जस्तो बढी तामझाम थिएन ।

उनी एउटा अवलोकनकर्ताको रुपमा संग्रहालयको सबै कोठा हेरेर अपराहृन ५ बजे मात्रै शीतल निवास फर्किइन् ।

करिब सवा २ घण्टा नारायणहिटीमा बिताएकी भण्डारीले सर्वसाधारणले अवलोकन गर्ने रुटबाट मूल दरबारको अवलोकन गरी श्री सदनको पनि भ्रमण गरेकी थिइन् ।
भ्रमणको क्रममा उनले राजारानीले चलचित्र हेर्ने फिल्महलको समेत दर्शन गरेकी थिइन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment