Search

कंगनाले स्पाई थ्रिलर विधाको फिल्मको सुटिङ सकाए

कंगनाले स्पाई थ्रिलर विधाको फिल्मको सुटिङ सकाए

बाँपीझ्याला, काठमाण्डौं । मुम्बई सदा अरुलाई घोचपेच गरेका कारण समाचारमा आउने कंगना रनावत धेरै समयपछि फिल्मका कारण समाचारमा आएकी छिन् । यो समाचार हो कंगनाको पछिल्लो फिल्म ‘धाकड’ को । कंगनाले स्पाई थ्रिलर विधाको यो फिल्मको सुटिङ सकाएकी छिन् । यस फिल्मलाई रजनिश घईले निर्देशन गरेका हुन् ।

महामारीको कारण बारम्बार रोकिएको फिल्मको सुटिङ युरोपमा सकिएको हो । निर्माण टिमले सुटिङ सकिएको उपलक्ष्यमा फिल्मको कास्ट एन्ड क्रुसँग पार्टी गरेको थियो । सो पार्टीमा कंगनाले लगाएको लुगाले पनि धेरैको ध्यान खिचेको छ ।

उनले इन्स्टामा सेयर गरेको फोटोलाई सेता लुगामा सजिएकी कंगनाको कहिलै नदेखिएको अवतार देखिएको भन्दै तारिफ भइरहेको छ । यो फिल्म यही सालको अक्टोबर १ मा रिलिज हुने चर्चा छ । यो फिल्मबाहेक कंगनाको ‘थलाइबी’ पनि प्रदर्शनका लागि तयार छ भने उनले ‘इमली’ र ‘तेजस’को पनि केही भागको सुटिङ भइसकेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!