Search

बालमन्दिर दोलखाका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र ब्याग हस्तान्तरण

बालमन्दिर दोलखाका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र ब्याग हस्तान्तरण

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
भीमेश्वर नगरपालीका वडा नं. २ स्थित बालमन्दिर दोलखाका बालबालिका विद्यार्थीहरुलाई ३६ वटा स्कुल व्याग र स्टेशनरी आज एक समारोहका बिच हस्तान्तरण गरिएको छ । चाइना फाउन्डेसनको आर्थिक सहयोग तथा सफा सुनौलो नेपालको समन्वयमा भीमेश्वर नगरपालीका वडा नं. २ का वडा अध्यक्ष बिराजमान श्रेष्ठज्युको प्रमुख आतिथ्यता उक्त शैक्षिक सामाग्री र ब्याग हस्तारन्तर गरिएको हो ।

उक्त व्याग हस्तान्तर कार्यक्रममा समाजसेवी हर्क बहादुर श्रेष्ठ, समाजसेवी एवं कालिञ्चोक युवा क्लवका निबर्तमान अध्यक्ष गोपाल प्रधान लगायतका व्यक्तीत्वहरुको उपस्थिती रहेको थियो भनी युवा बालमन्दिर व्यवस्थापन समितीका अध्यक्ष एवं समाजसेवी राकेश श्रेष्ठको बताउनु भयो । यसै गरी अहिलेसम्म जिल्लाको ११ वटा स्कुलका बिद्यार्थीहरुलाई व्याग र शैक्षिक सामाग्री वितरण गरिएको र बाँकी १५ वटा स्कूलका विद्यार्थीहरुलाई पनी छिट्टै व्याग र शैक्षिक सामाग्री हस्तान्तरण गरिने बताउनु भयो ।

शुभकामना मन्तव्यको क्रममा यस कार्यक्रमका प्रमुख अतिथी एवं वडाध्यक्ष विराजमान श्रेष्ठले विद्यार्थीहरुको उज्वल भविष्यको लागि यस बालमन्दिरलाई १५ हजार र राजकुलेश्वर निम्न माध्यमिक विद्यालयलाई २० हजार स्वास्थ्य सामाग्री खरिदको लागि दिने घोषणा गर्नु भएको छ । यसै गरी शुभकामना मन्तव्य दिनेहरुमा अतिथीहरु हर्कबहादुर श्रेष्ठ र गोपाल प्रधानले उज्वल भविष्यको कामना सहित शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भनी समाजसेवी राकेश श्रेष्ठले बताउनु भयो ।

यसै गरी बालमन्दिरका प्रअ ज्योती श्रेष्ठले उपस्थित सवै महानुभावहरुलाई स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो भने शिक्षक प्रेम बहादुर प्रधानले कार्यक्रम संचालन गर्नु भएको थियो

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!