Search

दोलखा जिल्लामा पछिल्लो चौविस घण्टामा ६७ जनामा कोरोना संक्रमण पुष्टि, ४३ जना संक्रमण मुक्त

दोलखा जिल्लामा पछिल्लो चौविस घण्टामा ६७ जनामा कोरोना संक्रमण पुष्टि, ४३ जना संक्रमण मुक्त

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला पछिल्लो चौबिस घण्टामा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर ल्याबमा ७८ जनाको स्वाब परिक्षण गरिएकामा ४३ जना र जिल्लाको ९ वटै स्थानीय तहमा ५१ जनाकोे एन्टिजिन परिक्षण गरिएकामा २४ जना गरि जिल्लामा कुल ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसै गरी आज ६७ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय १४ जना पुगेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

आज कोरोना संक्रमण पुष्टि हुनेमा भीमेश्वर नगरपालिकाका २० पुरुष र २१ महिला, जिरी नगरपालिकाका २ पुरुष र २ महिला, कालिञ्चोक गाउँपालिकाका एक पुरुष र एक महिला, विगु गाउँपालिकाका एक पुरुष र एक महिला, तामाकोशी गाउँपालिकाका २ पुरुष र एक महिला, शैलुङ गाउँपालिकाका एक पुरुष र बैतेश्वर गाउँपालिकाका ८ पुरुष र ६ महिला रहेका छन् ।

यस्तै आज ४३ जना संक्रमित संक्रमण मुक्त भएका छन् । जसमा भीमेश्वर नगरपालिकाबाट १५ पुरुष र १३ महिला, जिरी नगरपालिकाबाट एक पुरुष, तामाकोशी गाउँपालिकाबाट ३ पुरुष ५ महिला र विगु गाउँपालिकाबाट ४ पुरुष र २ महिला निको भएका हुन् । यो संगै जिल्लामा हालसम्म २ हजार ५ सय ६३ जना संक्रमित निको भएका छन् ।

संक्रमित मध्य चरिकोट अस्पतालमा रहेको एचडियुमा ११ जना छन् भने जिरी अस्पतालमा एक जना, सिंगटी अस्पतालमा ५जना र तामाकोशी कोभिड अस्पतालमा २ जना आइसोलेशन वार्डमा उपचाररत छन् ।

कोरोना संक्रमण देखिएका ४ सय ९५ जना होम आइसोलेशनमा बसि स्वास्थ्य लाभ लिइरहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!