Search

राष्ट्र बैंकद्वारा मौद्रिक नीति आज शुक्रबार सार्वजनिक

राष्ट्र बैंकद्वारा मौद्रिक नीति आज शुक्रबार सार्वजनिक

बाँपीझ्याला, काठमाण्डौं । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति नेपाल राष्ट्र बैंकले आज शुक्रबार सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारको न्यूनतम साझा कार्यक्रम, नीति तथा कार्यक्रम, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी २०७८ तथा राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई आधार बनाएर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिए ।

यसै गरी अधिकारीले आगामी आर्थिक वर्षमा कोरोना महामारीका बीच पनि आर्थिक क्षेत्रको पुनरुत्थानमा सुधार आउने अपेक्षा गरे । अधिकारीले वैदेशिक रोजगारीमा जानेको संख्या घटेकाले सोधानान्तरमा असर पुग्न सक्ने बताए । सोधनान्तर स्थितिमा चाप पर्न सक्ने भएपनि वैदेशिक मुद्रा सञ्चिति सुविधाजनक अवस्थामा देखिन सक्ने उनको भनाइ छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!