Search

करोडौको लगानीमा अन्नपूर्ण न्यूरो हस्पिटल माईतीघरमा नयाँ र सुविधा सम्पन्न पार्किङ निर्माण हुर्दै

करोडौको लगानीमा अन्नपूर्ण न्यूरो हस्पिटल माईतीघरमा नयाँ र सुविधा सम्पन्न पार्किङ निर्माण हुर्दै

बाँपीझ्याला, काठमाण्डौं । बरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको आफ्नै व्यवस्थापनमा संचालनमा आईरहेको काठमाण्डौं माईतीघर स्थित अन्नपूर्ण न्युरो हस्पिटल नेपालको न्युरो हस्पिटलमा नाम चलेको र विश्वासीलो नम्वर एकमा पर्ने हस्पीटल मध्ये एक पर्दछ । यसै गरी जँचाउन आउने विरामीहरुलाई रजिष्ट्रेशन देखि डाक्टर संगको काउन्सीलिङ पछी रिर्पोट देखाउन र औषधी किन्ने पसल लगायतका स्थानहरुमा समेत सुविधा र ईलोक्ट्रोनिक प्रविधीको प्रयोग गरि विरामी, आफन्त र कुरुवाहरुलाई सजिलो र छिटो छरितो सेवा उपलब्ध गराउँदै आएको कारणले पनी अझ यस हस्पीटलमा जँचाउन आउने विरामीहरुको चाँप दिन प्रतिदिन बढी रहेको छ ।

त्यसैले अस्पतालमा आउने बिरामीहरुका गाडी तथा मोटरसाईकलहरु पार्किङ गर्ने समस्या बढ्दै गएको र उक्त समस्यालाई अस्पताल व्यवस्थापनले मध्यनजगर गरी करोडौ रकमको लगानीमा फलाम मात्र प्रयोग गरि नयाँ र सुविधा सम्पन्न पार्कीङ निर्माण गरिरहेको छ ।

पार्कीङ निर्माणको लागि आज भन्दा साँढे दुईबर्ष अगाडीदेखि उक्त न्यूरो हस्पिटल संग बि.के.बि कन्ष्ट्रशन प्रा.लि.ले काम गरिरहेको उक्त कम्पनीका प्रबन्धक निर्देशक कुुमार कार्कीले बताउनु भयो ।

हाल निर्माण भईरहेको उक्त पार्कीङको पहिलो र दोश्रो तल्लामा गाडी पार्कीङ, तेश्रो तल्लामा मोटरसाईकल पार्कीङ र चौथो तल्लामा विरामीहरुलाई भेट्न आउने आफन्त र कुरुवाहरुको सुविधालाई ध्यानमा राखी आराम गर्ने थलो र चिया, नास्ता खाजा तथा खाना खानको लागि क्याफे संचालनमा ल्याउने योजना सहित निर्माण भईरहेको समेत उक्त कम्पनीका प्रवन्धक निर्देशक कार्कीले बताउनु भयो ।

यसै गरी हस्पीटल व्यवस्थापन समितीले बिरामीहरुको चाँप बढी रहेको र चौडाई र लम्वाई बढाउनको लागि जग्गाको क्षेत्रफल नभएकोले सिमित रहेको पुरानो पार्किकको जग्गामै चार तल्लाको पार्किङ स्थल बनाउन लागेको र यसले यहाँ जँचाउनको लागि आउने गरेका विरामी, आफन्त र कुरुवाहरुलाई अहिलेको भन्दा सुरक्षीत र पार्कीङ लगायत क्याफेको सर–सुविधा र सेवा समेत उपलब्ध हुने बताउनु भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!