Search

तौथलमा गुनिला

तौथलमा गुनिला

भेष बहादुर श्रेष्ठ
बाँपीझ्याला, तौथल । नेपाल अधिराज्यभरमा नेवार जातीहरु यत्रतत्र छरिएर रहेका छन् । हरेक ठाउँमा रहेर पनि नेवारहरुको आफ्नो संस्कृति र परम्पराको एउटै उद्देश्य रहेको छ । आफ्नो मौलिक रुपरेखालाई उजागर पार्नु हो । सिन्धुपाल्चोक जिल्लामा रहेको तौथलीमा रहेका नेवारहरुको बस्तीमा पनि विभिन्न चाडपर्वमा विभिन्न तरिकाले आफ्नो संस्कृतिलाई मौलिक रुपमा मान्दै आएको छ ।

यसै सिलसिलामा यसवर्षको जनैपूणिर्मा अर्थात् स्थानीय तौथली नेपाल भाषामा ’गुनिला पर्व’ (गुन्ला–गुँला) पनि भनिन्छ । यसमा मुख्य अर्थ के हुनसक्छ ? भन्ने बारेमा नमस्ते तौथलीका सञ्चालक युट्युब पत्रकार ठाकुरराम श्रेष्ठले एउटा भिडियो तयार गर्ने क्रममा यो गुनिला पर्व के हो ? यसको खास अर्थ के हो ? गुनिलाको वास्तविक रुप के हो ? भनेर यथार्थ कुरा बुझ्न खोज्दा तौथलीका स्थानीय बासिन्दाले कसैले यो जात्रा नौ दिनसम्म मनाइने भएकोले ’गुनिला–गुन्ला’ भनिएको हो, कसैले नौ थरिको अन्न गेडागुडी जुन दाल वा तरकारीको रुपमा प्रयोग गरिन्छ जस्तो किः– भटमास, केराउ, सिमी, बोडी, मास, मस्याङ, चना, गहत आदि नौ थरिलाई २÷३ दिन अगाडिदेखि भिझाएर राखेर जनैपूणिर्माको दिन पकाउने र प्रशस्तै झोल बनाएर तातो झोल पिउने भएकोले यस दिनलाई ’क्वाँटी– पुन्हि’ पनि भन्दछन् ।

यो ’“क्वाँटी” को खासै अर्थ चाहिँ तातो झोल भन्ने बुझिन्छ, ( क्वा––– तातो, ती (टी)–––झोल ) । यो पिएर मनाउने चाड भएकोले क्वाँटी भन्ने गरिए पनि ’गुनिला’ को अर्थ चाहिँ नौ दिन जात्रा मनाइने महिना भएकोले पनि ’ गुनिला ’ भनिएको हुनसक्छ भन्ने तर्क निस्केको छ । अब यसलाई सरल परिभाषामा भन्नू पर्दा जनैपूणिर्माको दिनदेखि कृष्णाष्टमीको दिनसम्म नौ दिन लगातार जात्रा मनाउने र यतिबेला नौ थरिको गेडागुडीको झोल, नौ थरि लुगाहरु फेरेर लाउने, नौ डाँडा पारि गएका चेलीबेटीहरुलाई बोलाएर नौ दिन नौरातसम्म माया र प्रेम सद्भावले राख्ने चलन पनि छ, यसमा ’नौ’ भन्ने शब्दलाई स्थानीय भाषामा ’गुँ’’ भनिन्छ, साउन र भदौ महिनाको बीचको समयमा परेको यो बेलालाई अर्थात नेवरहरुको नेपाल सम्वतको हिसाबले त्यो महिनालाई ’ला’ भनिन्छ ।

यसैले यी “गुँ” र “ला” मिलाएर गुनिला भनिएको हो भनेर स्थानीयले बताएका छन् । अब यही चाडको कुरालाई अझै विश्लेषणात्मक रुपमा हेर्दा यही भाषा र यही चाड दोलखा शहरमा अझ विशेष रुपमा मनाउँदै आएको छ । नेवार जातीयताको उत्पन्न र संस्कृति परम्परागत हिसाबले हेर्दा दोलखाबाट नै यो परम्परा प्रचार हुँदै अन्यत्र पुगेको हो कि भन्नेमा चासोको विषय पनि बनेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!