Search

लुम्बिनी प्रदेशमा एमालेबाहेकका दलहरुले सरकार बनाए

लुम्बिनी प्रदेशमा एमालेबाहेकका दलहरुले सरकार बनाए

२८ साउन, बाँपीझ्याला, काठमाडौं । झण्डै चार महिना लामो रस्साकस्सीपछि लुम्बिनी प्रदेशमा नेकपा एमालेबाहेकका दलहरुले सरकार बनाएका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले दिएको २२ घण्टामा संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि केसीको मात्र दाबी गरेको थियो । प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार नै केसीलाई नियुक्त गरे, शपथ गराए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!