Search

फिल्म सिटीको महत्व र यसकौ औचित्य बारेमा थाहा नभएर पनी बजेट बिनियोजन नगरेको हुन सक्छ,

फिल्म सिटीको महत्व र यसकौ औचित्य बारेमा थाहा नभएर पनी बजेट बिनियोजन नगरेको हुन सक्छ,
पुष्कर गुरुङ, कलाकार

दोलखा जिल्ला शैलुङ गाउँपालीका वडा नं. ६ फस्कु निवासी बुबा नरबहादुर गुरुङ र आमा जमुना गुरुङको कोखबाट २०१९ साल साउन २१ गते फस्कुमा जन्मनु भएका कान्छा छोरा पुष्कर बहादुर गुरुङ हुन् । बि.सं. २०३६ सालदेखि कलाकारीता क्षेत्रको रंगमञ्चबाट आफ्नो कलाकारीता यात्रा शुरु गर्नु भएका गुरुङ हाल चलचित्र क्षेत्रमा ख्याती कमाउन सफल हुनु भएको छ । जन्मघर दोलखा जिल्ला फस्कु भएपनी हाल वहाँ तल्लो टुसाल, बालुवाटार काठमाण्डौंमा बस्दै आउनु भएको छ ।

बि.सं. २०४९ सालमा ओखलढुंगा रुम्जाटार तेस्रो बाटो वडा नं. ५ निवासी खड्ग बहादुर गुरुङ र स्वर्गिय रामगीता गुरुङका माईती छोरी रेणु गुरुङ संग बैबाहिक सम्वन्धमा गाँसिन्नु भएका कलाकर्मी गुरुङकोले माध्यमिक शिक्षाको कक्षा ९ सम्म भीम माध्यमिक बिद्यालय दोलखामा अध्ययन गर्नु भएको र त्यसपछी उपत्यका स्थित भानु माध्यमिक विद्यालयबाट एस.एल.सि. पास गर्नु भएको हो । यसै गरी नेपाल ल क्याम्पसबाट कानून बिषयमा स्नातक तहसम्म अध्ययन पुरा गर्नु भएको छ । हाल डबली थियटरका अध्यक्ष हुनु हुन्छ ।
४० बर्षदेखि थियटर संस्कृतीमा काम गर्दै आउनु भएका गुरुङ एक कुशल अभिनेता, कलात्मक निर्देशक र अभिनय र कौशल विकासको प्रशिक्षक पनी हुनु हुन्छ । नेपालका ६० जिल्ला भन्दा बढी जिल्लाहरुमा घुमिसकेका गुरुङले परिवर्तनका लागि थिएटरको शुरुवात गर्नु भएको छ । नेपाली संस्कृतीमा असर पार्न सक्ने खतराहरुबाट बच्नको लागि उनले एक जिवन्त साँस्कृतीक सम्पदाको पहिचानको लागि युवाहरुबाट पहिचान गरी संरक्षणको लागि थियटरको शुरुवात गर्नु भएको छ ।

सन् १९८० देखि अशेष मल्लले निर्देशन गरेको राष्ट्रिय सभा गृहमा मञ्चन गरिएको “सडकदेखि सडकसम्म” भन्ने नाटकको शिर्षक रंगमञ्चबाट कलाकारीता शुरु गर्नु भएको गुरुङले नौवटा देशहरु बगलादेश, भारत, थाईल्याण्ड, पाकिस्तान, नेपाल, हङकङ, ताईवान, अष्ट्रेलिया र संयुक्त राज्य अमेरिका मिलेर “The Big Wind” निर्माण गरेका थिए । यस मध्ये ६ वटा देशका ७ जना लेखकहरुद्वारा लेखिएको नाटकमा दोश्रो पटक भाग लिएका थिए । यसै गरी Siddhartha, The white Tiger, I com from the Himalayas’, Milarepa, Tojin Shumo लगाएत दुई दर्जन भन्दा बढी नाटकहरुमा अभिनय गर्नु भएको छ ।

यसै गरी सन् १९८२ देखि १९९९ सम्म Street Theatreमा परिचय हराएको मान्छे, जान्नै पर्ने कुराहरु लगाएका ६ वटा नाटकहरुमा अभिनय गर्नु भएको छ । सन् १९९५ देखि २०२२ सम्म बल्ल पो थाहा भो, बुद्ध सात पाईला, जलपरी लगायत १२ वटा नाटकहरुमा निर्देशन गर्नु भएको छ । यसै गरी सन् १९९४ देखि २००१ सम्म A Popular Theater, Music and Actor
लगाएत १० वटा अभिनय प्रशिक्षणमा भाग लिनु भएको थियो । यसै गरी सन् १९९५ देखि २००९ सम्म अभिनय सम्वन्धी प्रशिक्षण दिनु भएको थियो ।

सन् १९९५ देखि २०१४ सम्म बिभिन्न कार्यक्रमहरु Crisis in Nepali Theatre, Past, Present and Future of Nepali Theatreलगाएतका ७ वटा कार्यक्रमहरुको संयोजन गर्नु भएको थियो । सन् १९९१ देखि २०१५ सम्म एक रात, तेह् बर्ष लगायतका बिभिन्न टेलिफिल्ममा अभिनय गर्नु भएको छ । सन् २००६ देखि २०२१ सम्म Anagarik, Kagbeni, कब्बडी, कब्बडी कब्बडी, घामपानी लगायतका दुई दर्जन फिचर फिल्ममा अभिनय गर्नु भई देश भित्र बाहिर बस्नु हुने नेपाली दाजुभाई, दिदिबहीनी र शुभचिन्तकहरुलाई मनोरञ्जन दिन सफल हुनु भएको छ ।

सन् १९९४ देखि २०१७ सम्म भारत, बगलादेश, थाईल्याण्ड, सिंगापुर, अष्ट्रेलिया, फ्रान्स, जापान लगाएतका १३ वटा देशको भ्रमण गरि सक्नु भएको छ । यसै गरी सन् १९८२ देखि २०१८ सम्म बिभिन्न पुरस्कारहरुबाट सम्मानित हुनु भएको छ । यसरी हरेक क्षेत्रमा आफ्नो छुट्टै अनुभव र भिन्न दृष्ट्रिकोणबाट अभिनय क्षेत्रलाई हेर्नु हुने प्रतिष्ठीत कलाकार अनी समाजसेवी पुष्कर बहादुर गुरुङ संग बाँपीझ्याला डटकम बिच भएको कुराकानीको मुलअंश यहाँहरुको लागि प्रस्तुत गरेका छौं ।

नमस्ते हजुर ।
नमस्ते ।

हजुर सञ्चै हुनु हुन्छ नी ? अनी हाल के मा व्यस्त हुनु हुन्छ ?
हजुर सञ्चै छु । तर कोभिडको संक्रमणको कारणले गर्दा कतिवेला विरामी हुने, कति वेला थला पर्ने केही थाहा छैन । हालसम्म म लगाएत मेरो परिवार कुसल छौं । अहिले खै के मा व्यस्त भन्ने कोभिडको संक्रमणको कारणले गर्दा फिल्मी जगततिर पनी अन्यत्र जस्तै शुन्यता नै छाएको छ । त्यसैले अहिले संक्रमण केही घटी हाले पनी खासै काम शुरु भएको छैननी ।
त्यसैले अत्यन्त महत्वपूर्ण काममा बाहेक अरु बेला घरमै समय व्यथित गरेर बसेको छु । त्यसै गरी लिभिङ उईथ कोभिड संग कसरी बाच्ने भन्ने क्लिप्सहरु निर्माण गर्नको लागि सामाग्रीहरुको खोजि गरि रहनु भएको बताउनु भयो । यो तयार गरेको खण्डमा कोभिडबाट नेपालीहरुलाई कसरी बचाउन सकिन्छ भन्ने कुरामा सहयोग गर्ने वाँहाको भनाई रहेको छ । साथ साथै नयाँ नयाँ दर्शन संग सम्वन्धीत कुराहरुको बारेको कितावहरु अध्ययन गरेर दिन बिताउने गर्नु हुन्छ ।

कलाकार त्यो माथी पछिल्लो चरणमा समाजसेवामा लागि पर्नु भएको छ । तपाईको नजरमा जन्मभूमी फस्कु अनि सिङ्गो दोलखा जिल्लालाई कसरी हेनु भएको छ ?
स्कुलस्तरको अध्ययन कक्षा ९ सम्म भीम माध्यमिक विद्यालय दोलखामा पुरा गरी सकेपछी काठमाण्डौं आएर राजधानी स्थित भानु माध्यमिक विद्यालय रानीपोखरीबाट एस.एल.सि.पुरा गरे । त्यसपछी नेपाल ल क्याम्पस प्रद्र्धशनी मार्ग भृकुटी मण्डपबाट स्नातकसम्मको अध्ययन पुरा गरे । यस बेलासम्म मेरो दोलखामा उपस्थिती राम्रो भएको थिएन । जिवनमा बाच्ने उपाय गरेर बस्नु पर्ने बेलामा बिभिन्न कामहरु गरियो, जसबेला टे«किङको गाईडको काम गरेको, मेडिकल एमआरको काम पनि गरिनुका साथ साथै पर्यटकिय व्यवसाय संग संगै अभिनय पनी संगै लगेको अनुभव बताउनु हुन्छ । यसरी रंगमञ्चमा हिड्दा हिड्र्दै चलचित्र क्षेत्रमा २००६ सालमा प्रवेश गरिएको अनुभव बताउनु हुन्छ ।
यसपछी दोलखाका धेरै महानुभावहरु संग संगत, भेटघाट भयो । यसै क्रममा आदरनिय दाजु नेपालका प्रतिष्ठीत मुर्धन्य कलाकार मदनदास श्रेष्ठसँग भेटघाट भयो । त्यसपछी मेरो दोलखाको प्रवेश बाग्लीन्दै गयो । धेरै जिल्लावासीहरुले पुष्कर गुरुङ कलाकार भनेर चिनिएको थियो तर धेरै जसोलाई दोलखाको भन्ने थाहा थिएन अव थाहा भयो धेरै भन्दा धेरै दोलखा जिल्लावासीहरु संग मेरो सम्वन्ध र समवन्य राम्रो भएर गएको छ ।
यसै गरी म संगै अध्ययन गर्ने कलासमेट साथीहरु मुक्ति प्रधान, हरिदर्शन श्रेष्ठ, रामजी प्रधान, रविभक्त श्रेष्ठ, पुर्षार्थ श्रेष्ठ, गोपाल कार्की लगायतका साथीहरु सँगको भेटघाटले पुनः दोलखामा आत्मीयता बढाउन झन थप सहयोग गरेको छ ।

आमा र धर्मपत्नीको साथमा

जन्म स्थल फस्कु र दोलखा जिल्ला नेपाल राज्यको पर्यटकिय र धार्मीक स्थलहरु मध्येको एक जिल्ला मध्ये फस्कु अनी सिङ्गो जिल्ला पर्दछ । यसको प्रवद्र्धनको लाग हामी सवैले सहयोग र सद्भाव राखी अगाडी बढ्नु पर्छ । अहिले स्थानिय सरकार छ त्यही भएरपनी स्थानिय निकायले जिल्लालाई कसरी पर्यटकिय क्षेत्रमा विकास गरेर अगाडी बढ्न सकिन्छ र गर्ने भन्ने बारेमा सोचेर अगाडी बढ्नु पर्छ जस्तो लाग्छ । यसै गरी दोलखा जिल्लाको सामाजिक विकासमा राजनितीक पूर्वाग्रहमा भन्दा पनी सामाजिक सहयोगको भावनाले जिल्लाको विकासको क्रियाकलापमा अगाडी बढन् पर्ने मेरो व्यक्तीगत बिचार रहेको छ । यस कार्यमा मेरो व्यक्तीगत सहयोग र सहकार्यमा सधै तत्पर रहेको पनी यसै पत्रिका मार्फत जानकारीको लागि अनुरोध छ ।

दोलखा जिल्लाको लाँकुरीडाँडा स्थित डाङडुङ्गे डाँडामा निर्माणाधिन अवस्थामा रहेको दोलखा फिल्म सिटीमा यस आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छैन किन होला ?
बजेट नै नछुट्याएका भन्दा पनी भौतिक पूर्वाधार तयार गर्नको लागि बागमती प्रदेश सरकारले सडक, बत्ति र बाटोको निर्माणको लागि बर्षेनी बजेट बिनियोजन गरेको छ । यसरी पूर्वाधारलाई बजेट बिनियोजन गरिएको भएपनी फिल्मसिटीनै निर्माणको लागि भने बजेट बिनियोजन नभएको भन्ने बारेमा मेरो बिचारमा बजेट बिनियोजन गर्ने ठाउँमा बस्नु हुने महानुभावलाई फिल्म सिटीको महत्व र यसकौ औचित्य बारेमा थाहा नभएर पनी बजेट बिनियोजन नगरेको हुन सक्छ ।

यसै गरी फिल्म सिटी बन्ने ठाउँमा बर्षायाममा स्थलगत भ्रमणको लागि देशका प्रमुख तत्कालीन प्रधानमन्त्री केपि ओली लाई लिएर देखाउन लैजादा वहाँको हेर्नै दृष्ट्रीकोण कस्तो होला ? चारैतिर बादलले छेकेको बेला परियोजना स्थलमा त्यसरी लैजादा कसरी सकारात्मक दृष्ट्रीकोण हुन्छ ? यसबोला वहाँलाई लाने लाने प्रष्ठितीत व्यक्तीहरुले बिचार गर्नु पर्ने थियो । यस्तो भएपछी कसरी बजेट विनियोजन हुन्छ त ? बिना पूर्वाग्रह जसले जहाँबाट सक्छ त्यहाँबाट सहयोग गर्नु पर्छ । यो फिल्मीसिटी बन्न कुनै गाहे छैन यो कुरामा हामी सवै सम्वन्धीत ठाउँमा बस्ने व्यक्ती र प्रमुखहरुले बुझ्न पर्छ जस्तो लाग्छ ।

शदाब्दी पुरुष सत्यमोहन जोशीको साथमा

अर्को कुरा दोलखा जिल्लामै जन्मनु भएका आदरनिय दाजु मदनदास श्रेष्ठले यस परियोजनाको समन्वय र संयोजन गर्नु भएको छ । वहाँलाई जिल्ला भित्र र बाहिरका उपल्लो ओहदामा आशिन व्यक्ती र प्रमुख व्यक्तीत्वहरुले सहयोग गर्नु पर्छ । जिल्लाको कोही ठुलो व्यक्तीलाई जिल्लाको विकासको लागि बजेट बिनियोजन गर्न अनुरोध गर्नु पर्छ जस्तो लाग्दैन, त्यो कुरा त सम्वन्धी व्यक्ती आफैले बुझेर सहयोग गरी बजेट बिनियोजन गरेको भए राम्रो हुने थियो । तर पनी हरेस नखाईकन मदनदाईले यस कार्यमा लाग्नु भएको छ । जुन कुराको विकासले जिल्लावासीको लागि सहयोग र मद्दत पुग्ने थियो जसले मदनदाईलाई केही फाईदा थिएन जिल्लावासी र त्यहा व्यवसाय गर्ने जिल्लाका नागरिकहरुलाई राम्रो हुने थियो । यो सवै कुरामा हामी सवैले बिचार गरेर सहयोग गरेको खण्डमा दोलखामा छिट्टै फिल्मसिटी बन्नेमा हामी कसैको दुई मत नहोला ।

कलाकारीता क्षेत्रमा प्रवेश गर्नु भयो । अहिलेसम्म कतिवटा फिल्ममा अभिनय गरि सक्नु भएको छ त ?
मेरो कलाकारीता क्षेत्रमा सन् १९८० देखि अशेष मल्लले निर्देशन गरेको “सडकदेखि सडकसम्म” भन्ने नाटकको बाट रंगमञ्च प्रवेश गरेको हो । यसै गरी सन् २००६ देखि २०२१ सम्म Anagarik, Kagbeni, कब्बडी, कब्बडी कब्बडी, घामपानी लगायतका दुई दर्जन भन्दा बढी फिचर फिल्ममा अभिनय गरि सकेको छु । यस फिचर फिल्मले मलाई नेपाली जनताको बिचमा स्थापित बनाई दिएको छ ।

तपाईलाई अभिनय गरेको फिल्म मध्ये अहिलेसम्मकै चित्त बुझ्दो फिल्म कुन रहेको छ ?
आफुले अभिनय गरेको फिल्म सवै चित्त बुझ्दो र मन पर्ने त भई नै हाल्छ । त्यसमा पनी विशेष मन पर्ने र चित्त बुझ्दो फिल्मको नाम लिनु पर्दा एकसिनको भएपनी “बधशाला” रहेको छ । जुन फिल्ममा मेरो सानो अलि छोटो रोल भएपनी मेरो प्रस्तुतीमा मलाई चित्त बुझेको छ । तर फिल्म सवै राम्रै लागेको छ ।

नेपाली चलचित्र क्षेत्रलाई कसरी हेर्नु भएको छ ?
नेपाली चलचित्र जगत पहिलेको भन्दा राम्रो र चित्तबुझ्दोे छ । यो हामी सवैको लागि खुसीको कुरा रहेको छ । पहिले पहिले नेपाली चलचित्रमा खेल्नमा अलि हिच्कीचाउथे अहिले यसलाई पेशाको रुपमा परिमार्जन गरेर अगाडी बढेको पाईन्छ । यसको क्षेत्र फराकिलो हुर्दै गएको छ । नयाँ नयाँ कथामा आधारीत नेपाली चलचित्रहरु बन्न लागेको छ । युवा पुस्ता पनी यसमा आकर्षित भएका पाउँछौं । यस कार्यमा स्थानिय सरकार र केन्द्रीय सरकारलले चासो राखेर त्यही अनुसार विकास गरी प्रबद्र्धन गरेर महत्वका साथ अगाडी बढ्नु पर्छ भन्ने धारणा रहेको छ ।

तपाईँ कस्तो कथामा आधारीत चलचित्रमा अभिनय गर्न रुचाउनु हुन्छ ?
कस्तो कथा भन्दा पनी फिल्ममा कथाले मागेको जति अभिनय गर्न यही नै कथा भन्ने हुदैन तर पनी विशेषतः मनोरञ्जनात्मक सामाजिक जिवनको उपस्थीतीमा आधारीत चलचित्र जसले समाजमा चेतनामुलक सन्देश दिन सकोस् यस्तो चलचित्रमा अलि बढी चाख लाग्छ । तर चलचित्र भने पछी प्रायः गरी मनोरञ्जनात्मक नै हुने भएकोले खासै कथालाई हेर्नु भन्दा पनी चेतना र सन्देश मुल कुरा रहेको छ । त्यही अनुसार हामीले हेरेर चलचित्रमा खेल्ने गरिन्छ ।

अहिलेसम्म दोलखा जिल्लामा कलाकारीता क्षेत्रमा कति जनाले प्रवेश गर्नु भएको छ ? यस बारेमा केही बताई दिनु हुन्छ की ?
अहिलेसम्म दोलखा जिल्लाबाट नेपाली कलकारीता एवं साँगीतीक क्षेत्रमा प्रवेश गरेर अगाडी बढीरहेका कलाकारहरु भन्नु पर्दा एक डेढ दर्जन भन्दा बढी रहेका छन् । जसमा बरिष्ठ लोक गायक कुमार बस्नेत, प्रतिष्ठीत कलाकार मदनदास श्रेष्ठ, लोचन भट्टराई, लक्ष्मी श्रेष्ठ, शक्ति बल्लभ, हरिबहादुर राउत, कुमारध्वज कार्की, शुरेसचन्द्र प्रधान र महेन्द्रभक्त श्रेष्ठ रहेका छन् भने युवा पुस्तामा राजन शिवाकोटी, आस्था राउत, दिपक स्वप्नील र छेवाङ लामा लगायतका कलाकार एवं गायकहरु जस्ता धेरै जन्मेका छन् । अव पुराना गायक अनी कलाकारहरुलाई सम्मान गर्नु पर्छ भने नयाँ गायक, कलाकारलाई माया गरेर प्रबद्र्धनका लागि सहयोगका हातहरु बढाउनु पर्छ । जसले यी क्षेत्रमा लाग्ने दाजुभाई, दिदीबहीनीहरुलाई हौसला र गौरव हुनुका साथै जिल्लाको ईज्जत राख्नमा सहयोग पुग्ने भएकोले सवैले आ–आफ्नो ठाउँबाट सहयोग गरेर अगाडी बढ्नु पर्छ ।

अहिले कलाकारीता क्षेत्रमा के मा आवद्ध हुनु हुन्छ ?
दोलखा फिल्म सिटी, डबली सिनेमा घर, स्वदेशी फिल्म संग्रह, नेपाल अन्तर्राष्ट्रिय रंगमञ्च, बच्चाहरुको लागि करिङ, डबली थ्रेटर लगायतका संघ–संस्थामा आवद्ध रहेको छु ।

दोलखा जिल्लाको ऐतिहासिक पृष्ठभूमीलाई नियाल्दा दोलखा नगर भित्रको भाषा, संस्कृती, चाडपर्व, जात्रामात्रा र परम्परा दिन प्रतिदिन लोभ हुदै गएको छ । यसको संरक्षणको लागि के गर्नु पर्ला ?
भाषा, संस्कृती, चाडपर्व, जात्रामात्रा र परम्परा भनेको जातिय पहिचान संग जोडिएको छ । जहाँसम्म ऐतिहासिक नगर दोलखाको कुरा गर्नु पर्दा यहाँको नेवार जाती संग यी सवै कुराले महत्व राख्दछ । त्यसैले यसको पहिचान दिने हरेक क्षेत्रका कुराहरुलाई संरक्षण यहाँका स्थानिय वाििसन्दा र स्थानिय निकायले गर्नु पर्छ । आज यहाँको नेवार जातीले आफु सँग सम्वन्धीत भाषा, संस्कृती, चाडपर्व, जात्रामात्रा लगायत परम्परालाई जोगाउने र संरक्षण गर्ने तर्फ लाग्दैन भने भोली आफ्नो पहिचान नरहन्न सक्छ । त्यसैले पहिचान दिलाउने कुरामा जसरी भएपनी संरक्षण गरेर अगाडी बढ्नु पर्ने हुन्छ । यसरी आफ्नो जातिय पहिचान रहनुका साथै आन्तरीक र बाह््य पर्यटनको आगमनले स्थानिय वासिन्दाहरुको आय आर्जनले आर्थीक समृद्धमा पनी केही सहयोग पुगेको हुन्छ ।

बाँपीझ्याला अनलाईन पत्रिका पढ्नु हुन्छ ? यस पत्रिका मार्फत केही भन्नु हुन्छ की ?
बाँपीझ्याला अनलाईन पत्रिका पढ्ने गरेको छु । यस पत्रिकाले जुन खबर सम्प्रेशन गर्ने गरेको छ त्यसले दोलखा अनी दोलखा जिल्लाका नेपाल भित्र बाहिर बस्नु हुने सम्पूर्ण दाजुभाई, दिदीबहीनीको लागि सूचनाको श्रोतको रुपमा अगाडी बढेको छ । यसलाई हामी सवै मिलेर सहयोग गर्नु पर्छ । नाम मात्रका पत्रकारीतामा लागेर सरकारका ओहदा पुग्न खोज्ने प्रविधीलाई यस प्रकाशनले निरुत्साहीत गर्दै जानु पर्छ भन्ने मेरो व्यक्तीगत विचार रहेको छ ।
अर्को कुरा दोलखाका नेवार जातीले बोलिने नेवारी भाषा, संस्कृतीको संरक्षण र प्रबद्र्धनमा सहयोग पू¥याउने उद्देश्यले अगाडी बढेको पाईन्छ । यसलाई हामी सवैले कदर गरी आ–आफु सहभागी भई सहयोग र सहकार्य गर्नु पर्ने देखिन्छ । त्यसको लागि विशेषतः दोलखावासी, अनी सिङ्गो जिल्लावासीहरुको सहयोगको आवश्यकता रहेको देख्दछु । यस कार्यमा म पनी दोलखा जिल्लावासी भएको कारणले आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दछु ।

बाँपीझ्याला अनलाईन पत्रिका दोलखाको मात्रै नभएर सिङ्गो दोलखा जिल्लाको मुखपत्रको रुपमा विकास गर्न सकोस र राष्ट्रिय, अन्तर्राष्ट्रिय समाचारको श्रोत बन्न सकोस् भन्ने कामना गर्दछु । यसै गरी यस पत्रिका प्रकाशन कार्यमा सक्रियतापूर्वक लागिरहने सम्पादन भाई उपेन्द्र प्रधान लगायत यस पत्रिकामा प्रत्यक्ष अप्रत्यक्ष रही सहयोग पू¥याउँर्दै आउनु भएका महानुभाव र शुभचिन्तकहरु प्रति आभार व्यक्त गर्दछु । साथै मेरो कुरालाई दोलखा जिल्लावासी अनी देश विदेशमा बस्नु हुने शुभचिन्तक नेपाली जनताको विचमा लानका लागि माध्यम बन्न पुगेकोमा बाँपीझ्याला अनलाईन पत्रिकालाई फेरी एकचोटी धन्यवाद व्यक्त गर्नुका साथै प्रगतीको कामना गर्दछु ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment