Search

कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका दोलखा जिल्लाका जेष्ठ नागरिकलाई साउन २९ गतेदेखि दोस्रो मात्रा दिईने

कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका दोलखा जिल्लाका जेष्ठ नागरिकलाई साउन २९ गतेदेखि दोस्रो मात्रा दिईने

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई साउन २९ गतेदेखि दोस्रो मात्राको खोप दिईने छ । जिल्लाको ९ वटै स्थानीय पालीकामा साउन २९ देखि भदौ २ गतेसम्म कोभिड १९ विरुद्धको खोप दोस्रो मात्रा दिइने कोभिड १९ खोप समन्वय समितिको दोलखाको सोमबार बसेको बैठकले निर्णय गरेको छ ।

यसै गरी बैठकले गत फागुन महिनामा कोभिड १९ विरुद्धको खोप कोभिशिल्डको पहिलो मात्रा लगाई लामो समय देखि दोस्रो खोपको पर्खाइमा रहुनभएका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई कोभिड १९ विरुद्धको दोस्रो खोप एष्ट्रजेनेका दिने निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

जिल्लाको विगु र गौरीशंकर गाउँपालिकामा आगमी २९ र ३० गते, भीमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिकामा साउन ३२ र भदौ १ गते दोस्रो मात्राको खोप दिइने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताउनु भयो । त्यसैगरी शैलुङ, मेलुङ, बैतेश्वर गाउँपालिका र जिरी नगरपालिकामा भदौ १ र २ गते दोस्रो मात्राको खोप दिइने छ ।

जिल्लाका ६५ वर्ष भन्दा माथिक जेष्ठ नागरिक, कोभिसिल्डको दोस्रो मात्रा लगाउन छुटेका व्यक्ति लगायतलाई दोस्रो मात्राको खोप एष्ट्रजेनेका दिइने भएकाले तोकिएको समयमा पहिलो मात्रा लगाएका खोप कार्डसहित तोकिएको खोप केन्द्रमा गई खोप लगाउन स्वास्थ्स्य कार्यालय दोलखाले आग्रह सहित अनुरोध गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!