Search

भरतपुर महानगरले पाँच वटा सामूदायिक विद्यालयलाई स्कुल बस

भरतपुर महानगरले  पाँच वटा सामूदायिक विद्यालयलाई स्कुल बस

बाँपीझ्याला, भरतपुर । भरतपुर महानगरले महानगपालीका भित्रका ५ वटा सरकारी विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । यसरी बस पाउने स्कूलहरुमा नारायणी नमुना मा.वि, कविलास मा.वि, भीमनगर मा.वि, प्रभात मा.वि र लक्ष्मी मा.वि रहेका छन् । सामुदायिक विद्यालयको शिक्षाको स्तर विकास गरी विद्यार्थी र अभिभावकको प्रमुख रोजाइमा पार्ने योजना र उद्देश्य सहित महानगरले यसरी बस हस्तान्तर गरिएको हो ।

एक कार्यक्रमको आयोजना गरि महानगर प्रमुख रेणु दाहालले विद्यालयका अध्यक्ष र प्रअ लाई बसको साँचो हस्तान्तरण गरिएको छ । रुट पर्मिट र ईन्सुरेन्ससहित प्रति बस १९ लाख ९८ हजार रुपैयाँ लागतमा महानगरले विद्यालयलाई बस हस्तान्तरण गरेको हो ।

चालु आर्थिक वर्षमा पनि स्कुल बस दिने कार्यक्रमलाई निरन्तरता दिइने प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाको भनाई रहेको छ । महानगरले यस अघि विद्यार्थीका लागी साइकल हस्तान्तरण समेत गरेको थियो भने विद्यालयको भौतिक संरचना सुधार देखी शैक्षिक सुधारका धेरै राम्रा कार्यक्रमहरू गरिसकेको अधिकृत खतिवडाले बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!