Search

२ हजार ६ शय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३० जनाको मृत्यु

२ हजार ६ शय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३० जनाको मृत्यु

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा २ हजार ६ शय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ९ शय ७ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, ५ हजार ७४९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ शय ८५ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३० जनाको मृत्यु भएको छ । योसँगै १० हजार १ शय ८० जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३।४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमितहरु ३८ हजार ३३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा एक लाख ९५ हजार २ शय ११ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको छन् ।

सघन कक्षमा रहेका ७ शय ९६ जनामध्ये १८४ जनाले भेन्टिलेटरको सहयोगमा उपचार गराइरहनुभएको छ । होम आइसोलेसनमा ३४ हजार ९ शय १३ र संस्थागत आइसोलेसनमा तीन हजार २२० संक्रमित रहेका छन् । क्वारेन्टाइनमा ३ शय ९९ जना रहेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!