Search

दोलखामा लाखे जात्रा शुरु !

दोलखामा लाखे जात्रा शुरु !

नेवारहरुले मानिदै आएको इष्टदेवता साक्षातकार भीमसेन (भिंद्यः) को छत्रछायाँमा रहेको अभयपुर नगरको प्राङ्गणमा गठेमंगलको भोलीपल्ट २३ गतेबाट दिनमा र साँझ राती गरेर दुइपटक लाखे नचाउने परम्परालाई निरन्तरता दिने जमर्को गरिदैछ । तर दुःखको कुरा सन् २०१९ बाट शुरु भएको महामारी रोग कोभिड–१९ को कारणले विश्व जगतलाई नै धरापमा पारेको कारणले धेरै मानवीय हानि नोक्सानी बेहोर्न बाध्य हुनुपरेको परिप्रेक्ष्यमा दोलखा पनि अछुतो रहन सकेको छैन ।

दोलखा जिल्ला प्रशासन कार्यालयको आदेश बमोजिम धार्मिक स्थल भीमेश्वरको मूल प्रवेशद्वार नै बन्द गरिएको, हुलहुज्जत गर्न नपाइने भनेकाले नै दोलखा यो जात्राको चहलपहलबाट अलिक पछाडि सर्न बाध्य बनेको छ । तथापि आफ्नो रीतिरिवाज र परम्परालाई निरन्तरता दिनको लागि स्थानिय युवाहरुले प्रशासनिक नियमको पालना गर्दै धार्मिक चलनलाई यथावत राख्ने जमर्को गरिरहेका छन् ।

यो लाखे नचाउने जात्रा दोलखाको नेवारी जातियतामा मात्रै सिमित छैन । उपत्यका बाहेकका मोफसलका नेवार बासिन्दाहरुले पनि यो समयमा गुँला (गुन्ला) जात्रका प्रतिमा स्वरुपको लाखे जात्रा गर्दै आएका छन् । जस्तो कि नेवारहरुको प्रमुख बसोबास गरिने स्थानहरु (उपत्यका बाहेक) पाल्पा, नुवाकोटको बट्टार धुन्चे, गोरखा तामाघाट, बन्दिपुर, चित्लाङ, धादिङ (सिह्रान बजार) तानसेन, पोखरा अनि सिन्धुपाल्चोकको लिस्ति र तौथल लगायत विभिन्न ठाउँमा लाखे जात्रा आाजैबाट चलाएको देखिन्छ ।

तथापि अन्यत्रको लाखेलाई परम्परागत रुपमा स्थायित्व दिनलाई निरन्तरता दिईएको देखिए पनि दोलखामा भने परम्परित चलनलाई यथावत राखेर पनि विशेष मनोरञ्जक हिसाबले मनाउदै रमाइलो गरिएको देखिन्छ । त्यसैले दिउँसो र रातीको लाखेको मखुन्डो स्वरुप एउटै भएपनि नृत्यको तरिका चाहिँ फरक रहेको छ ।

यस बारेमा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ संग सम्पर्क गर्दा कोभिड १९ संक्रमणको कारण पहिले पहिलेको जस्तो जात्रा निकाल्न सजन छैन । तर पनी स्थानिय युवाहरुको सक्रियताले सामाजिक धुरी कायम गर्ने गरी, माक्स स्यानिटाईजरको प्रयोग गरी लाखे जात्रा शुरु गरिएको बताउनु भयो ।

दोलखामा घण्टाकर्ण चतुर्दशीको दिनबाट चाडपर्व लागेको सूचना पाएपछि द्धितियाको दिनबाट नै लाखे नचाईन्छ । दोलखामा परापूर्व कालमा त अझ ४ थरिको लाखे नचाईन्थ्यो । जुन कालान्तरमा एउटा चाहिँ झण्डो लोप भैसकेको थियो, तर केही वर्षमा पूनर्जीवित बनाएको छ त्यो लाखे हो ’माझिपा’ राकस । जुन् अन्य लाखे भन्दा भेषभुसामा एउटै देखिए पनि नृत्य भने फरक ढाँचाको हुन्छ ।

दोलखाको लाखेको विस्तृत जानकारी लिनका लागि उक्त ठाउँकै यात्रा गर्दा अझ सुन्दर र उचित हुनेछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!