Search

उपत्यकाका संक्रमण दर बढेको र निको हुने दर भने घटेको भन्दै बुधबारदेखि रात्रीकालिन निषेधाज्ञा

उपत्यकाका संक्रमण दर बढेको र निको हुने दर भने घटेको भन्दै बुधबारदेखि रात्रीकालिन निषेधाज्ञा

बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या फेरी बढ्न थालेपछि प्रशासनले कडाइ थालेको छ । रात्रिकालीन भेटघाट तथा जमघटले संक्रमण बढाएको निष्कर्षका आधारमा बेलुका ८ बजेपछि कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
बुधबारदेखि ‘रात्रिकालीन निषेधाज्ञा’ सुरु गरिएको छ । उपत्यकाका तीनैवटा जिल्ला प्रशासन कार्यालयले बेलुका ८ बजेपछि निजी तथा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेका छन् ।

‘सुरुमै एकैपटक धेरै कडाइ नगरौँ भनेर ८ बजेपछिको भिडभाड नियन्त्रण गर्न खोजेका हौँ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भने, ‘संक्रमणको जोखिम बढिरहेका वेला केही नभएको जसरी भेटघाट र जमघट हुने गरेको पाइयो । जसलाई हामीले नियन्त्रण गर्न खोजेका हौँ ।’ उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयले ८ भदौसम्मका लागि निषेधाज्ञा थप्दै रात्रिकालीन भेटघात तथा आवतजावतमा नियन्त्रण गर्न लागेको हो । यद्यपि यो नियम अत्यावश्यक सेवामा आबद्ध र उपत्यकाका बाहिरबाट आउने सवारीसाधनको हकमा भने लागू नहुने पराजुलीले बताए ।

असारमा उपत्यकामा दैनिक नयाँ संक्रमितको संख्या पाँच सयबाट तल झरिसकेको थियो । तर, पछिल्लो केही दिनयता एक हजार नाघेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंमा ७ सय ९५, भक्तपुरमा १ सय ५२ तथा ललितपुरमा २ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकाका संक्रमण दर बढेको र निको हुने दर भने घटेको काठमाडौंका सिडिओ पराजुलीले बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!