Search

गौरीशंकर क्याम्पस चरिकोट दोलखालाई व्यवस्थापन संकाय तर्फ स्नातकोत्तर तहको एम.बि.एस कार्यक्रम संचालन गर्न सम्बन्धन प्राप्त

गौरीशंकर क्याम्पस चरिकोट दोलखालाई व्यवस्थापन संकाय तर्फ स्नातकोत्तर तहको एम.बि.एस कार्यक्रम संचालन गर्न सम्बन्धन प्राप्त

बाँपीझ्याला, काठमाण्डौं । त्रिभुवन विश्व विद्यालय उपकुलपतीको कार्यालय किर्तीपुर काठमाण्डौंको कार्यकारी परिषद्को मिती २०७८ अषाढ २८ गतेको निर्णय अनुसार आर्थिक बर्ष २०७७÷०७८ देखि लागु हुने गरी व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहको एम.वि.एस. बिषयको लागि अस्थाई सम्वन्धन प्राप्त भएको हो ।

क्याम्पसमा स्नातकोत्तर एम.वि.एस कार्यक्रम शुरु भए पश्चात प्रत्येक बर्ष क्याम्पसले कुल बिद्यार्थी संख्याको एक महिना बराबरको शिक्षण शुल्क सेवा शुल्क वापत त्रिबि लाई बुझाउनु पर्ने, क्याम्पस र त्रि.वि. को संयुक्त नाममा रु. ६ लाख ५० हजार बराबरको अक्षकोष खोलेको हुनु पर्ने र सो रकम त्रि.वि.को स्विकृत विना चलाउन नपाउने तर व्याज वापत प्राप्त रकम क्याम्पसको शैक्षिक विकास कार्यको लागि खर्च गर्न पाईने उल्लेख गरिएको छ ।

यसै गरी अक्षकोष खोलिएको रसिदको फोटोकपि प्रमाणीत गरि त्रि.वि.मा पेश गर्नु पर्नेछ । यसै गरी प्रत्येक वर्ष भर्ना भएका विद्यार्थी संख्या, विषय समेत खुल्ने गरी शिक्षकहरुको विवरण र परिक्षा उतिर्ण गरेको विद्यार्थीको विवरण त्रिवि को योजना शाखामा पठाउने पर्ने जस्ता लगायतका १५ वटा शर्तहरु सहितको अधिनमा रही अस्थाई सम्वन्ध दिएको छ । यसै गरी यी लेखिएका शर्तहरु क्याम्पसले पूरा नगरेको खण्डमा अस्थाई स्विकृत स्थगन गर्ने अथवा रद्द गरेमा मञ्जुर छ भनी क्याम्पसको तर्फबाट संचालक समितीका अध्यक्ष राजेन्द्र मानन्धरले दस्तखत गरिएको छ भनी बताउनु भयो ।

त्यसकारण त्रि.वि.ले जुन अस्थाई सम्वन्धन पत्र दिएको छ र साथ साथै शर्तहरु पनी तोकि दिएको कारणले गर्दा ति सवै शर्तहरु क्याम्पस प्रशासन लगायत सम्वन्धीत सवैले पालना गर्नु पर्छ र अस्थाई सम्वन्धनलाई स्थाई गर्नमा हामी सवैले आ–आफ्नो ठाउँबाट सहयोग गरी सहयोग गर्नु पर्छ भनी संचालक समितीका अध्यक्ष मानन्धरले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!