Search

उपत्यकामा बिहीबार बेलुकी ८ बजेदेखि लागू हुने गरी सवारीसाधन सञ्चालनमा रोक

उपत्यकामा बिहीबार बेलुकी ८ बजेदेखि लागू हुने गरी  सवारीसाधन सञ्चालनमा रोक

२६ साउन, काठमाडौं रासस। काठमाण्डौं प्रमुख जिल्ला अधिकारीले आउने बिहिबार बेलुका ८ बजेदेखि लागु हुने गरी उपत्यकामा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज मंगलवार जारी गरेको निषेधाज्ञामा पछिल्लो समय कोभिड–१९ संक्रमण बढ्दै जाँदा काठमाडौं उपत्यकामा रात्रिकालीन सवारी साधनको आवतजावतमा कडाइ गरिएको बताइएको छ ।

अत्यावश्यक सवारीसाधन जुनसुकै समयमा सञ्चालन गर्न पाइने जारी आदेशमा भनिएको छ ।

त्यस्तै निषेधाज्ञाको समय आगामी भदौ ८ गतेसम्म थप गरिएको छ भने अन्य प्रावधान पहिलेकोलाई नै निरन्तरता दिइएको आदेशमा उल्लेख गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!