Search

चालु आथिक वर्षका लागि पूर्ण बजेट ल्याउने सरकारको घोषणा

चालु आथिक वर्षका लागि पूर्ण बजेट ल्याउने सरकारको घोषणा

२६ साउन, बाँपीझ्याला, काठमाडौं । सरकारले चालु आथिक वर्ष २०७७÷ ७८का लागि पूर्ण बजेट ल्याउने भएको छ । गत जेठ १५ मा अध्यादेशमार्फत केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न संसदमा विधेयक प्रस्तुत गर्ने घोषणा अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाबारेको जानकारी पत्रमा उल्लेख गरेका छन् ।

असंवैधानिक रुपमा प्रतिनिधि सभा दोस्रो पटक समेत भंग गरेर सरकार कामचलाउ अवस्थामा परिणत भइसकेपछि समेत संवैधानिक व्यवस्था र लोकतन्त्रको स्थापित मान्यता विपरित अध्यादेशमार्फत् बजेट घोषणा गरिएको श्वेतपत्रमा उल्लेख छ ।

‘जनप्रतिनिधिको अनुमोदन बिना जनता माथि कर लगाउन नपाइने लोकतान्त्रिक मान्यता विपरित गई सरकारको वाषिर्क आय(व्यय विवरणलाई सार्वभौम संसदमा छलफल हुनबाट समेत वञ्चित गरी अध्यादेश मार्फत बजेट प्रस्तुत गरिएको विषयमा यहाँहरु जानकार नै हुनुहुन्छ,’ श्वेतपत्रमा भनिएको छ ।

‘यस्तो अभ्यासले बजेट प्रणालीको स्थापित मूल्य र मान्यता समेत अवरुद्ध भएको छ।यसबाट मुलुकको सीमित स्रोत साधनको अनुचित, अपारदर्शी र स्वार्थ प्रेरित दोहन हुने तथा स्वेच्छाचारिताले प्रोत्साहन पाउने अवस्था र आधार तयार भएको छ।अध्यादेशकै माध्यमबाट बजेट लगायतका विविध विषयमा कानुनी बन्दोबस्त गरिने हो भने जनप्रतिनिधिमूलक शासन व्यवस्थाको कुनै सार्थकता वा प्रयोजन रहँदैन,’ श्वेतपत्रमा भनिएको छ ।

अध्यादेशको माध्यमबाट राजश्व र व्ययको अनुमानलाई कानुनी स्वरुप दिइनु तथा कामचलाउ सरकारले अनिवार्य सरकारी खर्चको लागि मात्र व्ययको व्यवस्था गर्नुपर्नेमा दीर्घकालीन महत्त्व र प्रभाव राख्ने प्रकृतिका नीति तथा वाषिर्क कार्यक्रमहरुको उद्घोष गर्नु वाञ्छित कुरा नहुने शर्माले बताएका छन् ।

जनप्रतिनिधिमूलक संस्थाको हठात विघटन गरी अध्यादेशमार्फत बजेट प्रस्तुत गरिएको भएतापनि सरकार एक अविच्छिन्न संस्था हुने स्थापित मान्यता र लोकतान्त्रिक संस्कारअनुरुप आर्थिक वर्ष २०७८र७९ को आय र व्यय अनुमानको अध्यादेश प्रतिनिधि सभा समक्ष पेश गरिसकिएको शर्माले उल्लेख गरेका छन् ।

‘प्रस्तुत अध्यादेशलाई सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड(१९ महामारीको कारण सिर्जित चुनौती समेतको सम्बोधन हुने गरीसुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछु,’ श्वेतपत्रमा भनिएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment