Search

लालबन्दी कृषि थोक बजारले गत आर्थिक वर्षमा २ अर्ब २४ करोड ३४ लाख ३३ हजार रुपैयाँको तरकारी निकासी

लालबन्दी कृषि थोक बजारले गत आर्थिक वर्षमा २ अर्ब २४ करोड ३४ लाख ३३ हजार रुपैयाँको तरकारी निकासी

२६ साउन, बाँपीझ्याला, सर्लाही, रासस। सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत आर्थिक वर्ष २०७७/ ०७८ मा २ अर्ब २४ करोड ३४ लाख ३३ हजार रुपैयाँको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यावस्थापन समितिले विसं २०७७ साउन १ देखि विसं २०७८ को असारमसान्तसम्ममा ३ करोड ९० लाख ७६ हजार ९६१ किलो तरकारी निकासी गर्दा उक्त रकम संकलन गरेको हो ।

साथै आव २०७७÷ ०७८ को अन्तिम महीना असारमा २९ लाख ५६ हजार २०० किलो तरकारी निकासी गर्दा ९ करोड १ लाख ४० हजार ४५० रुपैयाँ बराबरको तरकारी निकासी गरिएको बजार व्यवस्थापन समितिका व्यावस्थापक शम्भु घिमिरेले जानकारी दिए।

जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका टमाटर, परबर, बोडी, सिमी, भाण्टा, करेलालगायतका तरकारी लालबन्दीको तरकारी बजारमा आउने गरेको छ । देशका सिन्धुली, रामेछाप, काठमाडौं, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौंडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सितामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको छ ।

त्यसमध्ये टमाटर ५० प्रतिशत, पर्वल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प्रतिशत र अन्य तरकारी पाँच प्रतिशत गरी कुल ३ करोड ९० लाख ७६ हजार ९६१ किलो तरकारी लालबन्दीबाट निकासी भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!