Search

३ हजार १९४ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित ३५ जनाको मृत्यु

३ हजार १९४ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित ३५ जनाको मृत्यु

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा ३ हजार १९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २१७ जनामा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, ५ हजार ९ शय ६ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार ७ शय १० जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १ शय १५ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । योसँगै दश हजार १ शय ५० जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै, सघन कक्षमा रहेका ७ शय ६१ जना मध्ये १ शय ७८ जनाले भेन्टिलेटरको सहयोगमा उपचार गराइरहनुभएको छ । होम आइसोलेसनमा ३३ हजार ९ शय ८५ र संस्थागत आइसोलेसनमा तीनहजार ३४७ संक्रमित रहेका छन् । क्वारेन्टाइनमा ३ शय ८१ जना रहेका छन् । नेपालमा अहिले सक्रिय संक्रमितहरु ३७ हजार ३३२ रहेका छन् । पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार २ शय २१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!