Search

समाजसेवी एवं बरिष्ठ ईन्जिनियर आत्मा कृष्ण श्रेष्ठबाट एम.वि.वि.एस तहका प्रवेश परिक्षामा उत्कृष्ठ प्राप्त गर्ने आशिक झा सम्मान

समाजसेवी एवं बरिष्ठ ईन्जिनियर आत्मा कृष्ण श्रेष्ठबाट एम.वि.वि.एस तहका प्रवेश परिक्षामा उत्कृष्ठ प्राप्त गर्ने आशिक झा सम्मान

बाँपीझ्याला, काठमाण्डौं । सामान्य किसान परिवारमा जन्म भई एक सामूदायिक स्कुलमा अध्ययन गरी एम.वि.वि.एस प्रवेश परिक्षामा सर्वोत्कृष्ठ हासिल गर्नु हुने आशिक झालाई हिजो विश्व निकेतन स्कुलमा एक कार्यक्रमको विच समाजसेजी एवं बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठले रु. १० हजार नगद सहित सम्मान गर्नु भएको छ ।

मेघावि साथीहरुको लहरमा आफुलाई उभ्याउन सफल हुनु भएकोमा समाजसेवी श्रेष्ठले भित्र ह्दयदेखि बधाई दिई परोपकार स्कुलमा एक कार्यक्रमको बिच सम्मान गरिएको बताउनु भएको छ । यसै गरी उक्त स्कुलमा अध्यापन गराउने शिक्षकहरुमा बर्षमा उत्कृष्ठ अध्यापन गराउन सफल हुने शिक्षकलाई बार्षिक रु. ५०००/– सम्मान सहीत पुरस्कार दिने घोषणा गर्नु भएको छ ।

गेरुवाही खरिहानी गाउँमा जन्मिएका पवननारायण झा र रिङ्कु कुमारी मिश्रका दुई छोरा मध्ये कान्छो छोरा हुन् आशिक झा । बुबा सरकारी विद्यालयका अस्थायी शिक्षक थिए, चार वर्षअघि विद्यालयले बिदा गरेपछि किसानी पेशामा संलग्न छन् भने आमा गृहिणी हुन् ।

जनकपुरमा स्थित श्री माविमा अध्ययन गरेका आशिकले गत २०७४ सालको एसईई परीक्षामा सफलता पूर्वक ३.७ जीपीए ल्याएर उत्तीर्ण गरेको थियो । काठमाडौं आएपछि कक्षा ११ पढ्न उनले सेन्ट जेभियर्स कलेजमा नाम निकालेका थिए तर भर्ना हुन सकेनन् । किनकि सो कलेजले उनको पढाइको माध्यमलाई भन्दा शुल्कको माध्यमले पढाउन नसकिने भनेर पैसा असुल्ने नियम लादेर अस्वीकार गरेको थियोे ।

कक्षा १२ पास गर्नको लागि वार्षिक १ लाख ८० हजार र पुरै सेमेस्टरको लागि ३ लाख रकम चाहिने र अझ अन्य अभिभावकले बुझ्ने गरि ५ लाख सम्म दिन पनि तयार छु भनेर कबुल गर्नुपर्ने शर्तले उक्त कलेजमा पढ्ने सपनालाई थन्क्याएर आशिकले आफ्नो दाजुको राय र सल्लाह अनुसारको अलिक सस्तोमा पढाइ हुने कलेजको खोजीका सिलसिलामा त्रिपुरेश्वरस्थितको विश्व निकेतनमा जम्मा रकम २५ हजार दुईवर्षकै कोर्स पूरा गर्ने सोचले भर्ना भै सोही कलेजमा नै १२ को फाइनलमा ३.७५ जीपीए ल्याउन सफल भएर अहिले एमबिबिएसको अध्ययनको तर्खरमा रहेको कुरा सुन्दा आशिक देखेर उनका स्थानीय टोलवासी र समाज लगायत उनले अध्ययन गरेको विद्यालय र कलेज समेत प्रफुल्ल भएको छ ।

आफ्नो ठाउँमा नै उच्चमावि हुँदाहुँदै किन धेरै पैसा खर्च गरेर काठमाडौं आएको त ? भन्ने सवालमा आशिकको जवाफ सुनेर प्रेस पत्रकार समेत अमूक बनेको कुराले आश्चर्यचकित हुनुपरेको थियोे । उसले भनेको छ कि…“त्यस्तो विद्यालयमा पढेर के गर्नु र ! जहाँ स्कुलको गार्डले बोर्डमा प्रश्नको उत्तर लेखेर दिएपछि सारेर पास हुनुछ भने किताब बोकेर कलेज स्कुलमा आउनुजानुको के औचित्य रह्यो र ! प्रदेश नं २ का स्कुल, कलेज र प्रशासनबारे नेपाल सरकारलाई थाहा छैन र ? अनुगमन आउने हेर्ने मुस्कुराउने जाने… त्यो स्कुल हो या सिनेमा नाटक रिहर्सल गर्ने ठाउँ हो… बुझ्न गाह्रो छ…“उनको कुरामा यति गहिराइ छ कि बुझ्नेलाई वाण हानेसरी नै छ ।

नेपालको जनकपुर जस्तो ठाउँमा भएको विद्यालयको त्यो गतिविधिले अन्य क्षेत्रमा के कत्तिको प्रभाव परेको छ त्यो अनुसन्धानमा भरपर्ने कुरा हुन् । जे होस् आशिकको आगामी अध्ययनको मार्ग सहज होस् र पूर्ण सफलता प्राप्त होस् भन्ने कामना सहित शुभकामना व्यक्त गर्दछौं ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment