Search

विश्व आदिवासी दिवसको अवसरमा जीवन लामाको कविता संग्रह चौसठ्ठी वर्गमिटर सार्वजनिक

विश्व आदिवासी दिवसको अवसरमा जीवन लामाको कविता संग्रह चौसठ्ठी वर्गमिटर सार्वजनिक

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
आज विश्व आदिवासी दिवसको अवसर पारेर सर्जक जीवन लामा यात्राद्धारा लिखित कविता संग्रह चौसठ्ठी वर्गमिटर सार्वजनिक गरिएको छ । लोप हुर्दै गएको आदिवासी जनजाति सुरेल समुदायलाई केन्द्रित गरी लेखिएको उक्त कविता संग्रह आज सदरमुकाम चरिकोटमा एक समारोहका वीच भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीको हातबाट बिमोचन गरी सार्बजनिक गरिएको छ ।

कालिञ्चोक एफएमका स्टेशन म्यानेजर लामाको सो कविता संग्रहमा दोलखाको गौरीशंकर गाउँपालिका स्थित सुरीमा मात्र बसोबास गर्दै आएका सुरेलका दैनिक जनजीवन र अन्य समसामयिक परिवेशका ३५ वटा कविताहरु रहेका छन् । विमोचन कार्यक्रममा लामाले आफ्नो पेशागत कामका शिलशिलामा विभिन्न स्थानमा पुग्दा आफुले अनुभव गरेका विभिन्न विषयवस्तुहरुलाई कविताको माध्यमबाट बाहिर ल्याउने प्रयास गरेको बताउनुभयो ।

कविता संग्रहमा आफ्नो सम्पत्तीको नाममा ६४ वर्गमिटर जमिन मात्र भएको कुनै सुरेल परिवारलाई पात्र बनाई कविता मार्फत सुरेल समुदायको अवस्था बाहिर ल्याउन आफ्नो कविता संग्रहको नाम नै चौसठ्ठी वर्गमिटर राखेको लामाले बताउनु भयो ।

विष्णुलक्ष्मी साहित्य पुरस्कार समितिका अध्यक्ष विष्णु सुवेदीको अध्यक्षतामा सम्पन्न विमोचन समारोहमा नगर प्रमुख, केसी, प्रेस काउन्सील नेपालका सदस्य चिरञ्जिवी मास्के, संचार तथा प्रविधि मन्त्रालयका पूर्व संचारविज्ञ राजेन्द्र मानन्धर, भीमेश्वर संस्कृति प्रतिष्ठानका संयोजक शङ्करलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ दोलखाका अध्यक्ष जंग गुरुङ, सुरेल जाती उत्थान समाजका अध्यक्ष सुवास सुरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कविता संग्रह याम्बुरी बुक प्वाईन्टले प्रकाशन गरेको हो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment