Search

आज दोलखामा ४१ जनामा कोरोना संक्रमण, ३३ जना संक्रमण मुक्त

आज दोलखामा ४१ जनामा कोरोना संक्रमण, ३३ जना संक्रमण मुक्त

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा आज थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर ल्याबमा ५१ जनाको स्वाब परिक्षण गरिएकामा २५ जना र जिल्लाको ९ वटै स्थानीय तहमा ४३ जनाकोे एन्टिजिन परिक्षण गरिएकामा १६ जना गरि जिल्लामा कुल ४१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चरिकोट दोलखाले आफ्नो दैनिकीमा उल्लेख गरिएको छ ।

यसरी कोरोना संक्रमण पुष्टी हुनेहरुमा भीमेश्वर नगरपालिकाका १५ पुरुष र ४ महिला, जिरी नगरपालिकाका २ पुरुष र २ महिला, कालिञ्चोक गाउँपालिकाका एक पुरुष, गौरीशंकर गाउँपालिकाका ४ महिला, विगु गाउँपालिकाका एक पुरुष, तामाकोशी गाउँपालिकाका २ पुरुष र ७ महिला, शैलुङ गाउँपालिकाका एक पुरुष, र बैतेश्वर गाउँपालिकाका २ महिला रहेका छन् ।

यो संगै जिल्लामा सक्रिय कोरोना संक्रमित हुनेको संख्या हालसम्म ४ सय १२ पुगेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

यसै गरी आज ३३ जना संक्रमित संक्रमण मुक्त भएका छन् । आज निको हुनेमा सबैभन्दा धेरै भीमेश्वर नगरपालिकाबाट १६ पुरुष र ८ महिला गरि २४ जना निको भएका छन् । त्यसैगरी जिरी नगरपालिकाबाट ३ पुरुष र एक महिला, कालिञ्चोक गाउँपालिकाबाट एक पुरुष र एक महिला, मेलुङ गाउँपालिकाबाट एक पुरुष र २ महिला निको भएका हुन् ।

संक्रमित मध्य चरिकोट अस्पतालमा रहेको एचडियुमा १० जना छन् भने जिरी अस्पतालमा २ जना, तामाकोशी कोभिड अस्पतालमा २ जना र सिंगटी अस्पतालमा ४ जना आइसोलेशन वार्डमा उपचाररत छन् । कोरोना संक्रमण देखिएका ४ सय १८ जना होम आइसोलेशनमा बसि स्वास्थ्य लाभ लिइरहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!