Search

घरजग्गा र सम्पत्ति कर नतिर्ने ५२ करदातालाई काठमाडौँ महानगरको ३० दिने सूचना

घरजग्गा र सम्पत्ति कर नतिर्ने ५२ करदातालाई काठमाडौँ महानगरको ३० दिने सूचना


यस अघिको सूचनाबाट सम्पर्कमा नआउनेको सेवा बन्द गर्ने तयारी हुँदैछ — राजस्व प्रमुख

बाँपीझ्याला, काठमाडौं । घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर काठमाडौँ महानगरपालिकाले नाम सार्वजनिक गरेको छ । आज नाम सार्वजनिक गर्दै राजस्व विभागले लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ । विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार नाम सार्वजनिक गरिएका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिनेछ ।

अधिकारीकाअनुसार यस अघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएका छन् । केहीले पहिलो किस्तावापत कर बुझाएका छन् । केहीले विवरण बुझाएका छन् । सम्पर्कमा आउनेहरुले समय माग गरेर कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको छ । तीमध्ये केही सम्पर्कमा आएका छैनन् । अहिले विभाग ती करदाताको सेवा बन्द गर्ने तयारी गरिरहेको छ । नाम सार्वजनिक गरिएकाहरुलाई लिखित मौखिक सूचना गरिएको छ । सार्वजनिक सूचना जारी गरिएको छ । दिइएको समय सकिने बेला कार्यस्थलमा गएर माइकिङ् गरिएको छ । हामी करदाताको सहजताका लागि काम गरिरहेका छौँ ।

यसरी काम गर्दा पनि अटेर गर्नेमाथि कानुनी कारवाही चलाउनुबाहेक विकल्प छैन । अधिकारी भन्नुहुन्छ, हाम्रा अनुरोध र सूचनाको अटेर गर्नेहरुको घर, पसल र व्यवसायमा शिलबन्दी गरेर सरकारी बाँकी सरह राजस्व असुली गर्नुको विकल्प छैन ।

नाम सार्वजनिक गरिएका करदाताहरु :

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!