Search

बरिष्ठ कलाकार मदनदास श्रेष्ठलाइ बधाई तथा शुभकामना प्रदान

बरिष्ठ कलाकार मदनदास श्रेष्ठलाइ बधाई तथा शुभकामना प्रदान

बाँपीझ्याला, काठमाण्डौं । नेपाल फिल्म सोसाइटीको आयोजनमा प्रधानमन्त्रीको अध्यक्षतामा गठित नेपाल राष्ट्रको विभूषण छनौट समितिको सदस्यमा नेपाल सरकारबाट मनोनीत हुनुभएको नेपाल फिल्म सोसाइटिका सल्लाहकार, बरिष्ठ कलाकार एवं समाजसेवी मदनदास श्रेष्ठलाइ बधाई ज्ञापन तथा शुभकामना प्रदान गरिएको छ ।

नेपाल फिल्म सोसाइटिका केन्द्रिय अध्यक्ष बरिष्ठ अभिनेता कृष्ण मल्लको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ कलाकार एवं विभूषण छनौट समितिको सदस्य मदनदास श्रेष्ठले सो अवसरमा आफुले आफ्नो कार्यकाल भरि निश्पक्ष जिम्मेवारी निभाउने र विभूषण बाट विभूषितहरुलाई मरणोपरान्त समेत राष्ट्रिय सम्मानको लागि पहल गर्ने बताउनु भयो ।

यसै गरी नेपाली कलाकारिताका बिशिष्ठ व्यक्तित्वलाइ नेपाल सरकार द्वारा छनौट गरिएकोमा नेपाल सरकारलाई धन्यबाद ज्ञापन गर्दै निश्पक्ष तवरले आफ्नो कार्यकाल सफल बनाउन आग्रह गर्दै सम्पूर्ण चलचित्रकर्मी तथा कलाकारको शिर उच्च भएको कुरा उक्त कार्यक्रमका सभापती एवं नेपाल फिल्म सोसाइटिका केन्द्रिय अध्यक्ष बरिष्ठ अभिनेता कृष्ण मल्लले बताउनुभयो ।

उक्त बधाई तथा शुभकामना कार्यक्रममा नेपाल फिल्म सोसाइटिकाका संरक्षक शोभित उप्रेती, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा, नेपाल फिल्म सोसाइटि अमेरिकाका अध्यक्ष नबराज श्रेष्ठ, चलचित्र कलाकार द्वन्द संघका अध्यक्ष नारायण प्रधान, बरिष्ठ कलाकार अशोक शर्मा, बरिष्ठ अभिनेता पुरन जोशी, अधिबक्ता द्वय शम्भु निरौला, कृष्ण ढुंगाना, निर्माता तथा अभिनेता मदु कुमार श्रेष्ठ, नेपाल चलचित्र कलाकार संघका कोषाधक्ष्य सुनिल कटुवाल, नेपाल फिल्म सोसाइटिका महासचिब राजेश बिशुराल, गायक शंकर लाल श्रेष्ठ, निर्माता शुभाष थापा, नेपाल फिल्म सोसाईटीका एस के श्रेष्ठ, सुदर्शन आचार्य, वाई एल लामा, सन्तोष कार्की, शुभाष खड्का, संचारकर्मी कलाकार सुर्य चन्द, बय्बसायी मनिषा श्रेष्ठ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई धरहरा ट्रेडर्सले प्रायोजन गरेको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!