Search

दोलखा जिल्लामा हालसम्म ३७ हजार ४ सय ४९ जना नागरिकहरुले कोभिड १९ विरुद्धको खोप लगाए

दोलखा जिल्लामा हालसम्म ३७ हजार ४ सय ४९ जना नागरिकहरुले कोभिड १९ विरुद्धको खोप लगाए

अजय प्रधान,
बाँपीझ्याला, काठमाण्डौं ।
दोलखा जिल्लामा हालसम्म ३७ हजार ४ सय ४९ जना नागरिकहरुले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । जसमा सबैभन्दा पहिलो मात्राको खोप लगाउनेको संख्या २० हजार ७ सय ९९ जनाले कोभिड १९ विरुद्ध भेरोसेल खोपको लगाइएका छन् भने २ हजार ६ सय ५८ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाइएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

यसै गरी २ हजार ३ सय १३ जनाले कोभिड विरुद्धको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएका छन् भने ३ हजार १ सय ८५ जनाले कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएका छन् । यस्तै ८ हजार ४ सय ९४ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

दोलखा जिल्लामा हालसम्म कोभिड १९ विरुद्धको खोप भेरोसेल, कोभिसिल्ड र जोन्सन एण्ड जोन्सन गरि ३ प्रकारका खोप लगाइएको छ । जिल्लामा गत माघ १४ गतेबाट कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!