Search

अष्ट्रेलियाविरूद्धको तीन खेल, टी–ट्वान्टी क्रिकेट सिरिजमा घरेलु टोली बंगलादेश विजयी

अष्ट्रेलियाविरूद्धको तीन खेल, टी–ट्वान्टी क्रिकेट सिरिजमा घरेलु टोली बंगलादेश विजयी

बाँपीझ्याला, काठमाण्डौं, एजेन्सी । अष्ट्रेलियाविरूद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज घरेलु टोली बंगलादेशले जितेको छ । ढाकामा हिजो भएको तेस्रो खेलमा बंगलादेशले अष्ट्रेलियालाई १० रनले पराजित गर्दै २ खेल अगाबै सिरिज जितेको हो ।

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको सिरिजमा लगातार तीन खेल जित्दै सिरिज आफ्नो बनाएको हो । यसअघि बंगलादेशले पहिलो खेलमा अष्ट्रेलियालाई २३ रन तथा दोस्रो खेलमा ५ विकेटले हराएको थियो ।

अष्ट्रेलियाविरुद्धको सिरिजमा बंगलादेशको यो ऐतिहासिक सिरिज जित हो । बंगलादेशले पहिलो पटक अष्ट्रेलियाविरुद्धको सिरिज जितेको हो। यसअघि बंगलादेशले अष्ट्रेलियाविरुद्ध कुनैपनि फर्म्याटको सिरिज जितेको थिएन ।

शेर बंगला नेसनल स्टेडियममा बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रनमै सीमित रह्यो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment